बहुप्रतिक्षित चलचित्र ‘नाई नभन्नु ल ५’ युट्युबमा रिलिज (भिडियो)

डिसी नेपाल
२४ जेठ २०७६ ९:२१

काठमाडौँ । विकास आचार्य निर्देशित चलचित्र ‘नाई नभन्नु ल ५’ को सानो अंश युट्युबमा आज सार्वजनिक गरिएको छ । बुद्धा सुब्बा डिजिटलले यस सुपरहिट चलचित्र ‘नाई नभन्नु ल ५’ को ४ मिनेट ८ सेकेण्डको भिडियो युट्युबमा सार्वजनिक गरेको हो भने पूरा फिल्म चाँडै नै युट्युबमा आउने जानकारी समेत दिएका छन् ।

यस फिल्म मार्फत चर्चित नायिका निरुता सिंह र नायक दिलिप रायमाझीको पुनरागमन भएको हो । नाई नभन्नु ल ५ सुपरहिट चलचित्र नाइ नभन्नु ल को पाँचौँ स्क्विेल हो । यस फिल्ममा बाल कलाकार अनुभव रेग्मीको प्रमुख भूमिका रहेको छ । उनी यो सिक्वेलका हरेक भागमा दोहोरिएका कलाकार हुन् ।

पाचौं भागमा उनलाई बाल कलाकार सेड्रिना शर्माले साथ दिएकी छन् । फिल्ममा स्वस्तिमा खड्का र नवनायक अभिषेक नेपाल साथै प्रियंका कार्की, केकी अधिकारी, रुनिता सिंह, दिलिप रायमाझीलाई पनि फिल्ममा देख्न सकिनेछ ।

विकास आचार्यद्वारा निर्देशित यस चलचित्रमा वसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जिसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यको लेखन छ।

फिल्म भदौ ८ गते सिनेमा हलहरुमा रिलिज भएको थियो भने युट्युबमा अब चाँडै नै रिलिज हुने तयारीमा रहेको छ ।

हेर्नुहोस् ‘नाई नभन्नु ल ५’ को सानो अंश …

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *