करोड बढीले हेरे ‘गलबन्दी’

डिसी नेपाल
२८ जेठ २०७६ ११:३४

काठमाडौं । प्रकाश सपुतको पछिल्लो गीत ‘गलबन्दी’ ले युटुबमा छोटो समयमै करोड भ्युज पाएको छ ।

मंगलबारसम्म गलबन्दीको गीतको भ्युज एक करोडभन्दा बढी पुगेको छ । गलबन्दी नेपाली संगीत क्षेत्रमा युट्युबमा अपलोड गरिएका गीतमध्ये सबैभन्दा छोटो अबधिमा एक करोड भ्युज प्राप्त गर्न सफल भएको छ ।

प्रकाश सपूत र शान्ति श्री परियारको स्वर रहेको यो गीत पछिल्लो समयको सर्वाधिक लोकप्रिय गीत बनेको छ । प्रकाश सपुतको निर्देशनमै निर्माण भएको गीतमा प्रकाशसहित अञ्जली अधिकारीलाई फिचरिङ गरिएको छ ।

यो गीत लामो समयसम्म ट्रेन्डिङको नम्बर एकमा पर्न सफल भएको थियो ।

प्रकाश सपूतले बजारमा ल्याएको यसअघि ‘बोल माया’ पनि नेपालीमाझ निकै लोकप्रिय भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *