कब्जियतको समस्या छ ? यी घरेलु उपचार विधि अप्नाउनुहोस्

डिसी नेपाल
२८ जेठ २०७६ १३:०७

एजेन्सी । धेरैले भोगिरहेको समस्या हो, कब्जियत । कतिपय अवस्थामा यो क्षणिक पनि हुनसक्छ । तर, खानपान र जीवनशैलीमा परिवर्तन गरिएन भने कब्जियतले गंभिर समस्या निम्त्याउन सक्छ ।

के हो त कब्जियत ?

कब्जियत एक यस्तो स्थिती हो, जो पेट ठीक ढंगले सफा हुन पाउँदैन । कब्जियत पीडित आम व्यक्तिको तुलनामा कम पटक शौच गर्छन् । सामन्य व्यक्तिले दिनहुँ मल त्याग गर्छन् ।

तर, जसलाई कब्जियत छ, उनीहरु दुई र तीन दिनसम्म पनि शौच गर्न सकिरहेका हुँदैनन् । यहि कारण उनीहरुको पेट भारी हुन्छ, शरीर चंगा र छरितो महसुष हुँदैन । खानामा अरुची हुन्छ । कब्जियतको कारण कतिको वान्ता र टाउको दुख्ने समस्या हुन्छ।

कब्जियतको लक्षण के हो ?

. ठीक ढंगले पेट सफा नहुनु, मल त्याग नहुनु।

. शौच गर्नमा समस्या हुनु ।

. दिसा धेरै कडा हुनु र कम मात्रामा हुनु ।

. पेटमा दुखाई अनुभव हुनु ।

.वान्ता हुनु ।

किन हुन्छ कब्जियत ?

.खाने तालिका नियमित नहुनु,

.बासी खानेकुरा सेवन,

.शारीरिक रुपमा निस्किय हुनु वा लामो समयसम्म विश्राम लिने बानी,

.मानसिक तनाव,

.अति चिल्लोचाप्लो एवं अपाच्य भोजन,

. पेटको कमजोरी

.पानी कम पिउनु

. खाना खाएको समय धेरै पानी पिउनु

.गरम मसलायुक्त एवं मसलेदार खानेकुरा खानु

कब्जियतको उपचार के छ त ?

कब्जियत खराब दिनचर्या र खानपानको कारण हुने गर्छ । त्यसैले सक्रिय जीवन विताउनुपर्छ। शारीरिक श्रम गर्नुपर्छ । त्यही अनुसार स्वस्थ्य र पचाउन सकिने भोजन ग्रहण गर्नुपर्छ । पर्याप्त पानी पिउनुपर्छ।

फाइबरयुक्त सब्जी, फलफूल र सलादको सेवनमा जोड दिनुपर्छ । यससँगै व्यायाम पनि आवश्यक हुन्छ । दिसा(पिसाबलाई लामो समय रोकेर राख्नु हुँदैन ।

आर्युबेदिक उपचार विधी

.त्रिफला चुर्ण दुई चम्चा हल्का तातो पानीमा घोले नियमित रुपले राती सुत्नुअघि सेवन गर्नुपर्छ ।

. मनतातो दुध वा पानीमा हर्रा/बर्रा र अमलाको समान मात्रामा तयार गरिएको चूर्ण राती सुत्नुअघि सेवन गर्नुपर्छ ।

. कब्जियतको उपचारमा किसमिस एकदमै उपयोगी मानिन्छ । आठ वटा जति किसमिस तातो दुधमा उमालेर नियमित सेवन गर्नुपर्छ ।

.पेटको रोगमा एकदमै उपयोगी हुन्छ, मेवा ।

. स्याउ र अंगुरको सेवनबाट पनि कब्जियतको समस्याबाट मुक्त हुन सकिन्छ ।

.अमलाको चूर्णले कब्जियतको समस्याबाट मुक्ती दिन्छ ।

. गोलभेडा सेवन गर्दा कब्जियत ठीक हुन्छ ।

.तामाको भाँडामा राखिएको पानीमा थोरै नुन हाल्ने र विहान खाली पेटमा पिउने गर्नुपर्छ यसले कब्जियत निको पार्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *