छिमेकीलाई हँसिया प्रहार गरेको आरोपमा नेपाली पक्राउ

डिसी नेपाल
१५ साउन २०७६ १३:१५

काठमाडौं । दैलेखमा हँसिया प्रहारगरी घाईते बनाएको अभियोगमा एक जना पक्राउ परेका छन् ।

दैलेखको नारायण नगरपालिका ८ ढकाने बस्ने २१ वर्षीय गोबिन्द नेपालीलाई धारिलो हतियार हँसिया प्रहार गरेको अभियोगमा नौमुले गाउँपालिका २ बस्ने ३२ वर्षीय कर्णबहादुर नेपाली पक्राउ परेका हुन्।

वादविवाद हुँदा कर्णबहादुरले गोबिन्दलाई हँसिया प्रहार गरी घाइते बनाए लगत्तै स्थानीएको सूचनाका आधारमा प्रहरीले नेपालीलाई पक्राउ गरेको हो । हाल घाइते गोबिन्दको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *