चलचित्र ‘रे’को ट्रेलरमा ‘राते काइँला’को हिट डाइलग (भिडियो)
काठमाडौं। नेपाली चलचित्र ‘रे’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। साउन २४ गतेबाट देशभर प्रदर्शनमा आउने यस चलचित्रको ट्रेलरमा प्रेम र द्वन्दलाई देखाइएको छ।
चलचित्रमा दिवस धिताल र सुजाता थापा प्रमुख भूमिकामा छन्। त्यस्तै चर्चित अभिनेता सुनिल थापा डनको भूमिकामा देखिएका छन्। उनको नाम ‘राते काइँला’ राखिएको छ। चलचित्रको ट्रेलरमा उनको ‘हिरो होइन भिलेन हो भिलेन, त्यो पनि ‘राते काइँला’ भन्ने संवाद छ।
ट्रेलरमा अभिनेता दिवसलाई एक्सन अवतारमा देखाइएको छ। चलचित्रलाई दिनेश पौडेलले निर्देशन गरेका छन् भने राजेन्द्र त्रिपाठीले लगानी गरेका छन्।
सुनिल, दिवस र सुजातासँगै चलचित्रमा पूर्णिमा लामा, क्रान्ति रसाईली, रक्षा गुरागाई, अभिषेक जोशीलगायतको अभिनय रहेको छ। कुमार श्रेष्ठले द्वन्द्व निर्देशन गरेको यस चलचित्रमा ओम सुनारको संगीत रहेको छ भने कविराज गहतराजले नृत्य निर्देशन गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Ordina Levitra Brand Name Viagra Nolvadex 20 viagra Levitra Mejor Que Cialis