फास्टफुड खाँदै हुनुहुन्छ, कपाल झर्नुकासाथै लाग्न सक्छन् यस्ता रोग
काठमाडौं। विश्व अहिले झनझन आधुनिक बन्दै गइरहेको छ। आधुनिकतासँगै मानिसको जीवनशैली पनि परिवर्तन भइरहेको छ। प्रतिस्पर्धाको दुनियामा मानिसहरुका लागि एक सेकेण्ड पनि महत्वपूर्ण हुन्छ। यससँगै भागदौडको जीवनमा खानाको विशेष भूमिका रहेको हुन्छ। स्वस्थ रहन स्वस्थ खानेकुराको आवश्यक पर्छ। तर आजभोली छिटोछरितो हुने हुँदा मानिसहरु फास्ट फुडतर्फ आकर्षित हुँदै गएका छन्। फास्टफुड स्वास्थ्यका लागि राम्रो हुँदैन, यो कुरा प्राय सबैलाई थाहा छ। तर के तपाईलाई थाहा छ फास्ट फुड खाँदा मोटाउनुका साथै त्यस्ता व्यक्तिलाई गम्भीर रोग समेत लाग्न सक्छ।
फास्ट फुड खानाले लाग्न सक्ने पाँच रोगको बारेमा जान्नुहोस्ः–
१. अनुहार सुन्निनु
पिज्जा, बर्गर साथै स्न्याक्स जस्ता जंकफुड्समा नुन बढी मात्रामा हुन्छ। जसको प्रयोगबाट व्यक्तिको ब्लड प्रेसर बढ्नुका साथै शरीरमा जलबियोजन, अनुहार मोटाउनु जस्ता समस्या आउन सक्छ।
२. छालामा असर पर्नु
फास्ट फुडको सेवनबाट स्वास्थ्यमा असर पर्नुका साथै छालामा पनि धेरै नोक्सान गर्छ। यस्तो खानाले व्यक्तिको अनुहारमा डन्डीफोर, दागहरु उत्पन्न हुन सक्छ। खासमा फास्ट फुड खानाले शरीरमा हार्मोनको सन्तुलन तलमाथि हुन जान्छ। जसका कारण डन्डफोर, दागहरु देखा पर्न जान्छ।
३. निन्द्रा नलाग्नु
फास्ट फुड खानाले स्वास्थ्यसँगै निन्द्रालाई पनि निकै प्रभावित पार्छ। यस्तो खानाले न्यूरोकेमिकल प्रक्रिया प्रभावित हुन जान्छ, जसले गर्दा व्यक्तिलाई निन्द्रा नआउने समस्या पनि देखा पर्न जान्छ।
४. कपाल झर्नु
यस्तो प्रकारको खाना खाँदा सबैभन्दा बढी नोक्सान कपालमा पर्न जान्छ। ताजा खानाको तुलनामा फास्ट फुडमा पोषक तत्व निकै कम पाइन्छ। जसको कारण कपाललाई पर्याप्त मात्रामा पोषक तत्व पुग्दैन। यही कारणले गर्दा केही समयपछि कपाल नराम्रो र झर्न थाल्छ।
५. मधुमेह
फास्टफुडमा चिनीको पनि प्रयोग भएको हुन्छ, जसले हाम्रो शरीरमा सुगरको लेवल बढादिने गर्दछ। जसको कारण व्यक्तिलाई मधुमेहका साथै अन्य रोगले ग्रस्ता बनाउन सक्छ। (विभिन्न एजेन्सी)
No ads found for this position


डिसी नेपाल
Facebook Comment