जिम नगई मोटोपन घटाउने यस्ता छन् ४ सरल उपाय

डिसी नेपाल
१५ साउन २०७६ १३:४७

एजेन्सी। तौल बढ्ने समस्याले ग्रसित मानिसहरु मोटोपनलाई कम गर्न जिम जाने गर्दछन्। तर प्राय कम मानिसहरुलाई मात्रै जिम नगएपनि मोटोपनलाई कम गर्न सक्ने उपायहरु थाहा हुन्छ। मानिसको एउटा त्यस्तो उमेर हुन्छ जुन समयमा धेरै तौल भएका सामाग्री उठाउनु पनि स्वास्थ्यका लागि नराम्रो मानिएको छ। तर के तपाईलाई थाहा छ त्यस्ता अन्य विधिहरु पनि छन् जसको नियमित कार्यले तपाईको मोटोपन घटाउन निकै मद्दत गर्छ।

१. जुम्बा नृत्य
जुम्बा एक प्रकारको एरोबिक्स नृत्य हो। फिल्मी गीतहरुमा हुने जुम्बा नृत्यबाट तपाईको शरीरलाई फिट राख्न सक्नुहुन्छ। यो नृत्यलाई यदि तपाईले राम्रोसँग प्रयोग गर्नु भयो भने तपाईले एक घण्टामा ४०० देख ६०० सम्म क्यालोरि घटाउन सक्नुहुन्छ।

२. र्याकेट बल
यो खेलको माध्यमबाट पनि तपाई आफ्नो मोटोपन नियन्त्रणमा राख्न सक्नुहुन्छ। विहान यो खेल खेल्नाले तपाईको क्यालोरी घटाउनुका साथै दिनभर शरीरलाई फ्रेस बनाइराख्न सहयोग गर्छ।

३.कुकुरसँग हिड्ने
यदि तपाई जुम्बा वा र्यानकेट जस्ता खेलहरु खेल्न भ्याउनु हुन्न अथवा मनपराउनु हुन्न भने तपाईले एउटा कुकुर पाल्दा फाइदा जनक हुनसक्छ। प्रत्येक दिन विहान कुकुरलाई लिएर लामो दुरीसम्म हिड्नाले पनि तपाईको मोटोपन घटाउन मद्दत पु र्याउछ।

४.दिनमा तीन पटकसम्म बडी स्ट्रेच गर्ने
विहान र बेलुकीको समय कुनै चौर अथवा खुल्ला स्थानमा डुल्दा बडी स्ट्रेच गर्ने हो भने पनि शरीरको तौल कम गर्न निकै सहयोग गर्छ। यसो गर्नाले तपाईको शरीर पनि निकै फ्लेकिजबल हुन आउछ। बाहिर मात्रै नभएर तपाई घर वा अफिसमै पनि ५ देखि १० मिनेटसम्म शरीर तन्काएर शारीरिक व्यायाम गर्न सक्नुहुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *