कारसँग ठोक्किएर त्रिशुलीमा खसेको कन्टेनरका चालक मृत फेला

डिसी नेपाल
१६ साउन २०७६ ११:५५

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा कन्टेनर र कार एकआपसमा ठक्कर खाँदा कन्टेनर चालकको ज्यान गएको छ।

चितवनको इच्छाकामना गाउँपालिका– ६ जलबीरेमा बुधबार भएको दुर्घटनामा परी कन्टेनर नदीमा खस्दा वीरगञ्ज घर भएका चालक ३६ वर्षीय कम्लेश साह बेपत्ता भएका थिए।  बिहीबार बिहान साहको शव नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। गम्भीर घाईते भएका सहचालक २० वर्षीय अजय साहको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ।

बुधबार साँझ नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा २१ च ११३३ नं को कारलाई विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ३९३९ नं को खाली कन्टेनरले ठक्कर दिँदा कन्टेनर अनियन्त्रित भई कन्टेनर अनियन्त्रित भई  त्रिशूलीमा खसेको थियो ।

हाल कार र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *