कलैयामा खोलामा डुबेर दुई बालकको मृत्यु

डिसी नेपाल
१६ साउन २०७६ २३:३१

कलैया । बारामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रसौनी गाउँपालिका–४ खुटवास्थित दुधौरा खोलामा डुबेर इब्राहिम अन्सारीका छोरा १० वर्षका साहिल र महागढीमाई नगरपालिका हाल मामाघर प्रसौनीमा बस्दै आएका अजमुरला अन्सारीका छोरा १२ वर्षीय अरमान रहेको प्रहरी प्रवक्ता रञ्जीतसिंह राठौरले जानकारी दिए।

बिहानै बाख्रा चराउन गएका दुई जना नुहाउने क्रममा करीब ११ बजे पानीमा डुबेर गम्भीर घाइते भएपछि उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी प्रवक्ता राठौरले जानकारी दिए।

मृतक ती दुई बालकको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा राखिएको बारा प्रहरीले जनाएको छ। पानीमा डुबर मृत्यु हुनेको सङ्ख्या बारामा पाँच पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *