भालुको छाला, पित्त र दाँत सहित ३ जना पक्राउ

डिसी नेपाल
१७ साउन २०७६ १३:१९

रुपन्देही। प्रहरीले रुपन्देहीबाट भालुको छाला, पित्त र दाँत सहित तीन जनालाई पक्राउ गरेको छ।

उनीहरुलाई सैनामैना नगरपालिका–१० सालझण्डीस्थित अर्घाखाँची साज महल होटल एण्ड लजबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरुमा कपिलवस्तु बाणगंगा नगरपालिका–२ बस्ने ४६ वर्षीय खुमानन्द घिमिरे, पाल्पा रैनादेवी गाउँपालिका–७ बस्ने ४३ वर्षीय धनबिर बिक र पाल्पा तिनाऊँ गाउँपालिका–१ बस्ने ४३ वर्षीय लालबहादुर सारु रहेका छन्।

प्रहरीका अनुसार उनीहरुको साथबाट भालुको छाला १ थान, पित्त २ थान र दाँत २ थान बरामद गरिएको छ।

५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर १०२ खानतलासी गर्ने क्रममा उनीहरुलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *