जुवाडेले श्रीमतीलाई दाउमा हाले, हारेपछि साथीहरु सबैले बलात्कार गरे

डिसी नेपाल
१७ साउन २०७६ १३:१९

काठमाडौं। महाभारतमा पाण्डवहरुले श्रीमतीलाई नै जुवाको दाउमा हालेर हारेको कथा हामीले सुनेकै छौं । त्यो द्वापरयुगको कथा थियो । तर, अहिले कलियुगमा पनि एक जुवाडेले श्रीमतीलाई दाउमा हालेर हारेका छन् । उनले जुवामा श्रीमती हारेपछि सँगै जुवा खेलेका सबै साथीहरुले उनकी श्रीमतीलाई सामूहिक बलात्कार गरेका छन् । त्यो पनि एक पटक होइन । ती जुवालेले यस्तै गरी २ पटक श्रीमतीलाई जुवामा हारेर जुवाडे साथीहरुलाई बलात्कार गर्नको सुम्पिदिएका थिए ।

यस घटनामा पुलिसले कुनै कारवाही नगरेपछि पीडित महिला अदालत पुगेकी छिन् । यो घटना भारतको उत्तर प्रदेशको जौनपुरको भएको आज तकको समाचारमा उल्लेख छ । जौनपुर जिल्लाको जफराबाद थाना क्षेत्रका ती जँड्याहा र जुवाडे पतिले जुवा खेल्दै जाँदा पैसा सकिएपछि श्रीमतीलाई नै दाउमा हालेका थिए । उनले श्रीमती पनि हारेपछि उनका जुवाडे साथीहरुले उनकी श्रमितीलाई सामूहिक बलात्कार गरे । अहिले अदालतले सबै आरोपीलाई हिरासतमा लिएर कारवाही अगाडि बढाउन आदेश दिएको छ ।

महिलाका अनुसार उनको विवाह शाहगंजमा भएको थियो । उनका पति जुवाडे र जंड्याहा छन् । उनका साथी अरुण र आफन्त अनिल प्रायः घर आइरहन्थे । उनीहरु आएपछि रक्सी र जुवा सुरु हुन्थ्यो । एक दिन पैसा सकिएपछि पतिले उनलाई दै दाउमा हाले र हारे । हारेपछि अरुण र अनिलले उनलाई सामूहिक बलात्कार गरे । अपमानबाट आहत भएर उनी माइत गइन् । पतिले माइती गएर अब यस्तो गल्ती नगर्ने भनेर माफी मागेर उनलाई फर्काएर ल्याएका थिए ।

घर फर्किंदै गर्दा बीचमै गाडी रोखेर पतिले अनिल र अरुणलाई पनि गाडीमा बसाले । दुवैले जुवामा हारिएकी हुँदा उनले फेरि पालैपालो बलात्कार गरे । महिलाले घटनाको उजुरी पुलिसमा गर्दा पुलिसले केस दर्ता गर्न मानेन । यबाट आहत भएर उनी माइतीमै बस्न थालिन् । पुलिसले कुरा नसुनेपछि उनी अदालत पुगेकी थिइन् । अदालतले घटनालाई गम्भीरको श्रेणीमा राखेर कारवाही अगाडि बढाएको छ ।




प्रतिक्रिया

One thought on “जुवाडेले श्रीमतीलाई दाउमा हाले, हारेपछि साथीहरु सबैले बलात्कार गरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *