बालविवाह गर्नेलाई सरकारी सेवा सुविधा रोक्छौः मेयर यादव

डिसी नेपाल
१९ साउन २०७६ १०:०२

सिराहा। मिर्चैया नगरपालिकाका प्रमुख श्रवण यादवले २० वर्ष भन्दा चाँडो विवाह गर्नेले नगरपालिकाबाट प्राप्त हुने सहयोग नदिइने बताएका छन्। उनले नेपालको कानुन अनुसार २० वर्ष भन्दा कम उमेरमा विवाह गर्न नपाइने भन्दै कानुनको पालना गर्न सबैलाई आग्रह गरेका छन्।

दलित विकास मञ्च सिराहाले आयोजना गरेको किशोर किशोरीलाई जीवन उपयोगी तालिमको उद्घाटन गर्दै मिर्चैैया नगरपालिकाका प्रमुख यादवले उमेर नपुगी विवाह गर्दा आमा र बच्चाको ज्यान खोजिममा पर्ने भन्दै उमेर पुगेपछि मात्र विवाह गर्न सुझाव दिएका हुन्।

मुलुकी संघीयता ऐन २०७४ भाग २ को परिच्छेद अन्तर्गत विवाह सम्बन्धि कसुरको दफा १७३ ले वाल विवाह रोक्न कडा प्रावधान ल्याएको छ।
दलित विकास मञ्च सिराहाले आयोजना गरेको तालिमबाट ३० जना किशोर किशोरी लाभान्वित भएका मञ्चका अध्यक्ष संजय महराले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *