कम्युनिष्ट नेतृत्वसँग प्रतिश्पर्धा गर्न कांग्रेसमा शशांक कोइरालाको नेतृत्व आवश्यक

डिसी नेपाल
२० साउन २०७६ ११:००

पछिल्लो समय नेपाली कांग्रेसका नेताले आफूलाई परिस्थिति अनुसार चलायमान गर्न सकेनन् र जनताको मनोभावना बुझेनन् भनेर कांग्रेसप्रति आस्था राख्ने वुद्धिजीविले चिन्ता जनाउन थालेका छन्।

कम्युनिष्टहरुले अहिले कांग्रेसको इतिहास र सिद्धान्त आफूहरुसँग हुने हो भने यो मुलुकमा सय वर्षसम्म शासन गर्न सकिन्छ भनेर भन्न थालेका छन्। कांग्रेसका इतिहास, सिद्धान्त र राजनीतिक रुपले गरिएका आन्दोलन, निरन्तरता र प्रतिवद्धता चिन्न र बुझ्न कांग्रेसलाई शुभचिन्तकहरुले सुझाव दिन थालेका छन्।

कांग्रेस कुहिरोको कागजस्तै रुमल्लिइरहेका बेला अहिले कम्युनिष्टको शासन झन् रनभुल्लमा छ। अहिले कम्युनिष्ट सरकारले यति धेरै बाटो बिराइ रहेको छ, मुलुकले कुनै परिणाम प्राप्त गर्न सकेको छैन। सुशासनको अनुभूति छैन।

अहिले कांग्रेसमा आशा र भरोसा गरेका कांग्रेसका संस्थापक नेता विपी कोइरालका पुत्र शशांक कोइरालालाई अबको कांग्रेसको नेतृत्व दिँदा उपयुक्त हुन्छ।

यस्तो अवस्थामा प्रमुख प्रतिपक्षको भूमिका रहेको कांग्रेसले मुलुकलाई सही बाटोतर्फ दिशानिर्देश गर्न सहयोगी भूमिका खेल्नुपर्ने हो। अहिलेको कांग्रेसको भूमिकाले मुलुकले सही बाटो त पाउँछ नै अर्को निर्वाचनको लागि कांग्रेसको आधार पनि बन्ने थियो। तर, कांग्रेसले त्यो बुझेर त्यतो भूमिका खेल्न सकिरहेको छैन।

यतिबेला कांग्रेसीजनहरु आपसमा किचलो गर्ने होइन, यसरी मुलुक बन्दैन। यसरी लोकतन्त्र र सुशासनको अनुभूति जनतालाई गराउन पनि सकिँदैन। कांग्रेस नेतृत्वले अब के बुझ्नुपर्छ, हाम्रो नेतृत्वबाट जनता टाढिए, हाम्रो नेतृत्वलाई जनताले पत्याएनन्, स्वीकार गरेनन्। हामीले अब खबरदारीमात्रै गर्ने हो र नयाँ पुस्तालाई नेतृत्व दिनुपर्छ भनेर शेरबहादुर देउवा, रामचन्द्र पौडेल अथवा अहिलेको पुरानो पुस्ताले नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ।

लेखक

नयाँ पुस्ता पनि कस्तो भयो भने दिउँसो मञ्च पाउँदा ठूला कुरा र भाषण गर्ने, के के न गर्ला जस्तो पार्ने तर बेलुका कोठामा भएपछि राजनीतिक लेनदेन गर्ने र आफ्नो स्वार्थ पूरा गर्ने। चर्को भाषण गर्ने युवाहरुलाई पनि नेतृत्व दिने होइन ।

नेतृत्व भनेको त्यस्तो नेताको हातमा पर्नुपर्छ, जो सम्यम, धैर्य, निष्ठान, सिद्धान्तवान, अध्ययनशील विवेकशील मुलुक मेरो घर हो, जनता मेरो परिवार हो भन्ने भावना, विचार अनुभूति र काम देखाउन सक्ने होस्। त्यस्तो नेता को छ भनेर आम जनता र कार्यकर्ताले मतदानका बेला भन्ने हो। तर, त्यो नेतृत्व जनता र नेताबीचमा काम गर्ने हुनुपर्छ।

अहिले कांग्रेसमा आशा र भरोसा गरेका कांग्रेसका संस्थापक नेता विपी कोइरालका पुत्र शशांक कोइरालालाई अबको कांग्रेसको नेतृत्व दिँदा उपयुक्त हुन्छ। चाहे उहाँको संसदमा प्रभावकारी भूमिका नदेखिएको होस्, चाहे उहाँको संगठनमा राम्रो पकड नभएको होस्।

चाहे उहाँले पानपराग र जर्दा मुखमा हालेर चुप लागेर बसेको मात्रै भएपनि उहाँमा वंशानुगत गुण आएको छ। एक पटक उहाँलाई अबको सभापति बनाउनुपर्छ। कार्यकर्ता रिझाएर, नेता रिझाएर संगठित भएर सभापति बन्ने कुरा अर्को कुरा हो।

कम्युनिष्टसँगको सत्ता खोसेर कांग्रेसले नलिने हो भने मुलुकको सुशासन र लोकतन्त्रको अनुभूति जनताले गर्न पाउँदैनन् र विकास निर्माणमा आम जनताको सहभागिता हुन सक्दैन। यदि कांग्रेसले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गरेन भने कांग्रेसको भविष्य उज्वल हुन सक्दैन।

 

होइन अब नेतृत्व हस्तान्तरण नै गर्ने हो भने अब एक पटक शशांक कोइरालालाई कांग्रेसको नेतृत्व प्रदान गर्नुपर्छ। त्यसले कार्यकर्तालाई संगठित बनाउन र कांग्रेसलाई एकठाउँमा ल्याउन सहयोग पुग्छ। अब कार्यकर्तालाई रिझाउन सक्ने र जनतालाई नयाँ वैकल्पिक शक्तिको रुपमा आफूलाई अगाडि नसारेसम्म कम्युनिष्टसँग प्रतिस्पर्धा गर्न गाह्रो छ।

कम्युनिष्टसँगको सत्ता खोसेर कांग्रेसले नलिने हो भने मुलुकको सुशासन र लोकतन्त्रको अनुभूति जनताले गर्न पाउँदैनन् र विकास निर्माणमा आम जनताको सहभागिता हुन सक्दैन। यदि कांग्रेसले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गरेन भने कांग्रेसको भविष्य उज्वल हुन सक्दैन।

अहिले धर्म सापेक्ष हिन्दू राज्य सबैलाई चाहिएको छ। अझ अहिले त राजासहितको हिन्दू राज्य बनाउनुपर्छ भनेर पहल गर्ने शक्तिहरु पनि छन्। स्वदेशी तथा विदेशी मित्र राष्ट्रहरुले पनि स्थायित्वका लागि स्थायी रुपमा एउटा संस्था आवश्यक रहेछ भन्ने संकेत देखापर्न थालेका छन्। अहिलेकै अवस्था रह्यो भने कांग्रेसका कार्यकता पनि हिन्दु सापेक्ष हिन्दु राज्य र न्यूनतम खर्चको अधिकारविहीन राजसंस्थाको पक्षमा वकालत गर्न नथाल्लान भन्न सकिँदैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *