वडा अध्यक्षको घरमा अज्ञात समूहद्वारा आगजनी

डिसी नेपाल
२० साउन २०७६ १९:१६

मुगु । मुगुको खत्याड गाँउपालिका–३ जाम गाँउको बजार क्षेत्रमा आइतबार राति अज्ञात समुहले आगो लागाउदा तिन घर पुर्ण रुपले ध्वस्त भएका छन् ।
आइतबार राति करिब १२ बजे खत्याड गाँउपालिका–२ जाम गाउँको बजार क्षेत्रमा रहेका सोही वडाका वडा अध्यक्ष लालबहादुर मल्लको घरमा अज्ञात समुहले आगो लागाउदा मल्लको घरसंगै जोडिएका अन्य दुई घर गरी तीन घर पुर्णरुले ध्वस्त भएका हुन् ।

वडा अध्यक्ष मल्लको तीन तलाको पक्कि घरमा आइतबार राति करिब १२ बजे घरमा साला सुतिरहेका बेला मुल ढोका बन्द गरेर झ्याल र ढोकामा पेट्रोल र मट्टितेल छर्केर अज्ञात समूहले आगो लगाएको वडा अध्यक्ष मल्लले जानकारी दिए।

वडा अध्यक्ष मल्लका अनुसार आफ्नो घरबाट सल्लकेको आगोले सँगै जोडिएका सोही गाँउपालिका–१ का पदम बहादुर बुढा र सोही गाँउपालिका–२ का टक्क बहादुर मल्लका काठले भएका दुई तलाका घर ध्वस्त भएका छन् । मल्लले आफनो दुई तलाको घरमा होटल संचालन गरेका थिए भने तेस्रो तलामा सोही वडाको वडा कार्यालय रहेको थियो । पदम बहादुर बुढाले आफनो स्टेसनरी पसल संचालन गरेका थिए भने अर्का टक्क बहादुर मल्लले मोबाइल पसल राखेका थिए ।

मल्ल कै जानकारी अनुसार अज्ञात समूहले गरेको आगजनीबाट आफनो होटलको र घरको गरी २ करोड ५० लाख बराबरको क्षति भएको छ । वडा कार्यालयको ल्यापटप लगाएत अन्य सामग्री गरी १० लाख बराबरको क्षति भएको छ।

घरमा सुतिरहेका मल्लका साला शेरबहादुर पुन आगो लाग्दै गर्दा तेस्रो तलाबाट हाम फाल्दा घाईते भएका छन् । मल्लको घर सँगै जोडिएको टक्क बहादुर मल्लको २५ लाख र अर्का पदम बहादुर बुढाको ७ लाख बरारको क्षति भएको मल्लले जानकारी दिए ।

आफनो घरायसी कामले आफु र आफनो पत्नि सुर्खेतमा रहेको र गाँउमा मोबाइलको नेटर्वक राम्रोसँग काम नगर्ने भएकाले अझ बढी क्षति भएको हुन सक्ने वडा अध्यक्ष मल्लले बताए।

राति १२ बजे आगलागी भएको जानकारी श्रीकोट प्रहरी चौकिले जिल्ला प्रहरी कार्यालयलाई जानकारी दिएको हो ।

आगो राति ३ बजे नियन्त्रणमा आएको थियो । श्रीकोट प्रहरी चौकिबाट पाँच जना प्रहरी उद्धारमा खटिएका भए पनि सोमबार बिहान ५ बजे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर ऐर को कमाण्डमा १० जना र शस्त्र प्रहरी ४५ बाहिनी को गुल्मबाट शस्त्र प्रहरी निरीक्षक जयबहादुर महतको कमाण्डमा १३ जना सुरक्षाकर्मी घटना स्थलतर्फ गएको छन् ।

उक्त स्थान सदरमुकामगमढीबाट ६ घण्टा टाढा पर्ने भएकाले घटना कसको सन्लग्नता हो अनुसन्धानपछि मात्र जानकारी हुने जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी राजेन्द्रबाबु रेग्मीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *