१४ औं महाविधेशनका विषयमा कांग्रेसले के गर्दैछ?

डिसी नेपाल
२३ साउन २०७६ १०:०४

काठमाडौं। अन्तिमर संचरना निर्माणका लागि तयार पारिएको निर्देशिका छलफलसहित पारित गर्ने कार्यतालिका तय भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबारसम्मका लागि स्थगित भयो। पार्टीका अन्तरिम संरचना गठनसम्बन्धी निर्देशिका निर्माणमा ढिलाइ भएका कारण बुधबारका लागि बोलाइएको बैठक सारिएको बताइएको छ।

अन्तरिम संरचना गठनका विषयमा संस्थापन र इतर समूहबीच विवाद भएपछि मध्यमार्गी बाटो तय गरिएको थियो। विधानको धारा ७४ अनुरूप संक्रमणकालीन संरचना गठन गरिने प्रावधानलाई लागू नगरी कार्यसमिति गठन गर्न लागिएको छ।

संघीयताअघि निर्माण भएका कार्यसमितिलाई नै जिम्मेवारी दिने गरी नयाँ निर्देशिका बन्ने क्रममा छ। महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाश शरण महत र डा. मीनेन्द्र रिजालले नयाँ निर्देशिका तयार गरिरहेका छन्।

साउन १७ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले १३ औं महाधिवेशनको क्रममा बनेको पार्टी संगठनको स्थानीय संरचनालाई रूपान्तरण गरी संघीय व्यवस्थाबमोजिम विधानको धारा ७२ मा उल्लेखित पार्टीको अन्तरिम संरचना गठनका लागि निर्देशिका तयार गर्ने निर्णय गरेको थियो।

कांग्रेसले अन्तरिम संरचना गठन तथा १३ औं महाधिवेशन अघि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठित क्रियाशील सदस्यता छानविन समितिले निर्णय गरे बमोजिमको क्रियाशील सदस्य अभिलेखलाई मंसिर मसान्तसम्म अद्यावधिक गरिसक्ने निर्णय पनि गरेको थियो।

तल्लो तहको अधिवेशन सहमतिमा गर्ने की निर्वाचनवाट गर्नेरु यसलाई १३औं महाधिवेशनको बाँकी अवधिका लागि मात्र मान्यता दिने कि १४औं महाधिवेशनसम्मलाई मान्यता दिनेरु विधानअनुसार प्रक्रिया कसरी मिलाउने भन्ने कुराको निक्र्योल भएपछि मात्र तल्लो तहको अधिवेशनको कार्यतालिका ल्याउने कांग्रेसको तयारी छ।

क्रियाशील सदस्य अभिलेख अद्यावधिक गरिसकेपछि बस्ने केन्द्रीय कार्यसमितिको बैठकले १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सहमति भएको थियो। तर जारी केन्द्रीय कार्यसमिति बैठकबाट १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अगाडि बढाउने विषयमा संस्थापन इतर पक्ष ढुक्क हुन सकेको छैन।

सबै प्रक्रिया पूरा गर्दा आगामी फागुनमा महाधिवेशन गर्न नसकिने कांग्रेस संस्थापन पक्षले बताउँदै आएको छ। सभापति शेरबहादुर देउवा वर्तमान कार्यसमितिको म्याद संविधानमा व्यवस्था भए बमोजिक एक वर्ष बढाउन चाहन्छन्। तर संस्थापन इतर पक्ष भने जसरी पनि आगामी फागुनभित्रै महाधिवेशन हुनुपर्ने अडानमा छ।

संघीय संरचना अनुसार पार्टी संरचना निर्माण गरि १४औं महाधिवेशनको कार्यतालिका निर्माण गर्ने विषयमा सबै एकमत भए तापनि प्रक्रिया मिलाउने विषयमा विवाद कायमै छ। भर्खरै विधान संशोधन गरी नियमावलीसमेत पारित गरेको कांग्रेसलाई तत्काल तल्लो तहको अधिवेशन गर्नुपर्ने बाध्यता छ।

तल्लो तहको अधिवेशन सहमतिमा गर्ने की निर्वाचनवाट गर्नेरु यसलाई १३औं महाधिवेशनको बाँकी अवधिका लागि मात्र मान्यता दिने कि १४औं महाधिवेशनसम्मलाई मान्यता दिनेरु विधानअनुसार प्रक्रिया कसरी मिलाउने भन्ने कुराको निक्र्योल भएपछि मात्र तल्लो तहको अधिवेशनको कार्यतालिका ल्याउने कांग्रेसको तयारी छ।

कांग्रेस विधानमा संविधानबमोजिम नयाँ निर्धारण भएका प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रभित्र विधान संशोधन पूर्वकायम रहेका क्षेत्रीय अधिवेशन प्रतिनिधि प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनका प्रतिनिधि हुनेछन् भन्ने उल्लेख छ। यसरी कायम हुन आएका प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनले यो विधानबमोजिमको प्रदेश सभा निर्वाचन क्षेत्रीय कार्यसमिति गठन गर्नेछ।

प्रदेशभित्र विधान संशोधन पूर्वकायम रहेका केन्द्रीय महाधिवेशन प्रतिनिधि प्रदेश अधिवेशन प्रतिनिधि हुनेछन् उल्लेख छ। यसरी कायम हुन आएको प्रदेश अधिवेशनले विधानबमोजिमको प्रदेश कार्यसमिति गठन गर्नेछ भने गाउँपालिकारनगरपालिका वडा कार्यसमिति गठन भएको बढीमा दुई महिनाभित्र वडा कार्यसमितिले मातहतका टोल कार्यसमिति गठन गर्ने उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *