रातो मासु महिलाहरुका लागि निकै हानिकारक, लाग्न सक्छ यस्तो घातक रोग
एजेन्सी। रातो मासु स्वादमा मिठो हुने हुँदा प्राय मानिसहरु यसको प्रयोग गर्ने गर्छन्। तर यसबाट स्वास्थ्यमा हुने जोखिमबारे भने कमैलाई थाहा हुन सक्छ। अनुसन्धानकर्ताहरुले रातो मासु खानाले स्तन क्यान्सर हुने खतरा बढेर जानसक्छ।
अमेरिकास्थित नेस्नल इन्स्टिीच्युट अफ इनभारनमेन्टल हेल्थ साइन्सले गरेको एक अध्ययनका अनुसार रातो मासु स्तन क्यासरको बढ्दो जोखिमसँग जोडिएको हुन्छ।
उक्त अध्ययनबाट निस्किएको निष्कर्ष इन्टरनेसनल जर्नल अफ क्यानसरमा समेत प्रकाशित गरिएको छ। अध्ययनका लागि अनुसन्धानकर्ताहरुले ४२ हजार १२ महिलाहरुले विभिन्न प्रकारका मासु खाने र पकाउने प्रक्रिया बारे जानकारीको विश्लेषण गरे। यो विश्लेषण करिब साढे सात वर्षसम्म गरिएको थियो।
यसक्रममा १५३६ आक्रामक स्तन क्यान्सरको पहिचान गरिएको जनाइएको छ। साथै रातो मासु आक्रामक स्तन क्यान्सरको बढ्दो जोखिमसँग जोडिएको पनि यही अनुसन्धानबाट पाइएको छ।
अनुसन्धानका अनुसार सेतो मासु प्रयोग गर्ने भन्दा रातो मासु प्रयोग गर्ने महिलाहरुमा २३ गुणा क्यान्सरको बढी जोखिम रहेको पाइएको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment