विहान उठेर तामाको भाँडामा राखेको पानी पिउनुहोस्, मिल्छ अनेक फाइदा

डिसी नेपाल
२५ साउन २०७६ ५:४१

तामाले पानीलाई प्राकृतिक रूपमै जीवाणुरहित बनाउँछ। किनकि, तामामा जीवाणु मार्ने तत्त्वो हुन्छ। त्यसैले तामाको भाँडामा राखेको पानी बढी शुद्ध हुन्छ।

-एमआरएसए प्रजातिका खतरनाक र जेद्रा ब्याक्टेरिया पनि तामाको सम्पर्कमा आएपछि मर्ने गर्छन्। त्यसैले तामाको भाँडोमा राखेको पानी खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ।

-तामाको भाँडोमा राखेको पानी खानाले पानीबाट सर्ने रोग धेरै हदसम्म कम गर्न सकिन्छ।

-तामाको भाँडोमा राखेको पानी खानाले स्नायु प्रणाली स्वस्थ्य रहन्छ।

-तामामा चोटपटकको असरबाट चाँडो तंग्राउने गुण हुन्छ।

-तामाको भाँडोमा राखेको पानी खानेहरूको कपाल र छाला स्वस्थ रहन्छ।

-यस्तो पानीले पाचन क्रियालाई टेवा पु¥याउँछ । साथै, यसले शरीरमा बढी बोसो जम्मा हुन दिँदैन।

-छालासम्बन्धी रोग, ग्यास्ट्रिक र रक्तअल्पता भएका मानिसले तामाको भाँडामा राखेको पानी खानु लाभदायक हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *