काँकरभिट्टाबाट अवैध हतियार बरामद

डिसी नेपाल
२७ साउन २०७६ १३:२२

सुरुङ्गा।कानूनी प्रमाणीकरण बाहेक राखिएको हतियार अवैधानिक ठहर हुने कानूनी प्रावधान विपरीत झापामा पटक पटक अवैध हतियार बरामद हुँदै आएको छ।

खुल्ला सिमानाका कारण झापामा अवैध हातहतियारको अवस्था भयावह रहेको देखाएको हो। भारतीय क्षेत्रबाट अवैध तरिकाले भित्रिने हतियार चुनौती भइरहेको प्रहरीको भनाइ छ। यसैबीच नेपाल–भारतको सीमावर्ती नाका पानीट्याङ्कीमा पेस्तोल र त्यसमा लाग्ने सात राउन्ड गोलीसहित एक नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–११ स्थित गैरीगाउँका ३७ वर्षीय कीर्तन वतर ९चौधरी० रहेको भारतीय प्रहरीले जनाएको छ। भारतको पानी ट्याङ्की नाकाबाट काँकरभिट्टातर्फ आइरहेका चौधरीलाई भारतीय सीमा सुरक्षा बल एसएसवी ४१ नं बटालियन रानीडाँगाको प्रहरी टोलीले उहाँलाई पक्राउ गरेको बताइएको छ। उनलाई आइतबार साँझ विशेष सुराकीका आधारमा पानीट्याङ्कीमा निर्मित एसियन हाइवेको फ्लाई ओभरबाट पक्राउ गरिएको हो।

सिटी सफारी चालक रहेका चौधरी मे१ह ६९५० नंको सफारी लिएर भारत पुगेको र सोही सिटी सफारीमा राखेर उनले पेस्तोल नेपाल ल्याउँदै गर्दा भारतीय प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ। भारतीय प्रहरीले उनका साथबाट ७।६५ एमएमको सात राउन्ड गोलीसहित मेड इन युएस लेखिएको पेस्तोल फेला परेको थियो।

यसअघि नेपाल प्रहरीले गत साउन २४ गते राति हल्दिबारी गाउँपालिका–५ जलथलबाट ६० वर्षीय ताराहाङ्ग राईलाई भरुवा बन्दुकसहित पक्राउ गरेको थियो। पछिल्लो समय झापामा शृङ्खलाबद्ध बम विस्फोट हुनु र पूर्वी नाकामा हतियारसहित नेपाली पक्राउ पर्नुले झापामा सुरक्षा चुनौती बढेर गएको राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बाले बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *