सानिमा ग्रुपले ल्यायो २ अर्व ९० करोडको लगानीमा अकामा होटल

डिसी नेपाल
२७ साउन २०७६ १९:१४

काठमाडौं । सानिमा ग्रुपले होटल अकामा सञ्चालनमा ल्याएको छ। काठमाडौंको धुम्बाराहीमा रहेको अकामा होटल नेपाल भ्रमण वर्ष २०२० को गन्तव्य वर्ष सफल पार्ने उद्देश्यका साथ यसै वर्ष सञ्चालनमा ल्याएको अकामा होटलका प्रवन्धक निर्देशक विनय कुमार श्रेष्ठले बताए।

उनका अनुसार होटलमा विश्वस्तरीय आधुनिक र हिमाली संस्कृतिको मिश्रण अनुभव होस् भन्ने हेतूले अरुभन्दा भिन्नै सुविधाका साथ सञ्चालनमा ल्याइएको हो।

होटलमा स्थानीय तथा विशेष आवासको व्यवस्था गरिएको छ। होटलको नवौं तलामा अवस्थित ‘चाओ बेला’ चाइनिज इटालियन रेष्टुरेन्टबाट काठमाडौं सहर अवलोकन गर्न सकिने उनले बताए।

होटलमा ५ वटा अलग अलग डिजाइनका हलहरु छन्। माग अनुसार विवाह, सामाजिक समारोह, सम्मेलन, बैठक, कार्याशाला गोष्ठी तथा अन्य विभिन्न कार्यक्रमहरु गर्न सकिने बताइएको छ।

५०० जनासम्मलाई एकै पटक भोज खुवाउन सक्ने व्यवस्था गरिएको सो होटलमा १ सय ८ ओटा कोठा रहेको र उक्त होटलमा ९० डलरदेखि ६ सय डलरसम्मको कोठाहरु रहेको होटल आकामाले जनाएको छ।

२ अर्ब ९० करोडको लगानीमा सञ्चालनमा ल्याएको उक्त होटलमा सुन्दर स्वीमिङ पुल, बारलगायतका होटलका मुख्य आकर्षण हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *