अगाडि बढाइँदै मिडिया काउन्सिल विधेयक

डिसी नेपाल
२७ साउन २०७६ १९:४१

काठमाडौं। राष्ट्रिय सभामा गएको वैशाख २६ गते दर्ता भएर अलपत्र परेको मिडियो काउन्सिल विधेयक अगाडि बढाउन पहल शुरु भएको छ। विधेकमा प्रस्तावित विषयले अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रतालाई संकुचित गर्ने भन्दै नेपाल पत्रकार महासंघलगायत सरोकारवाला पक्षले आन्दोलन गरेपछि विधेयक अगाडि बढाइएको थिएन।

पत्रकार महासंघ र सत्तारुढ दल नेकपाबीच विधेयकमा आवश्यक परिमार्जन गर्ने सहमतिपछि पत्रकार महासंघले आन्दोलन फिर्ता लिएको लामो समयपछि विधेयक अगाडि बढाउने पहल भएको हो।

राष्ट्रिय सभाका अध्यक्ष गणेस तिमिल्सिनाले विधेयकबारे सोमबार सरोकारवालासँग छलफल गरेका छन् । राष्ट्रिय सभामा दर्ता भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संसदमा टेबुल गर्ने विषयमा सोमबार छलफल भएको हो ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशिकला दहाल, सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटा, राष्ट्रिय सभा दलका नेता दीननाथ शर्मा, विपक्षी दलका नेता सुरेन्द्र पाण्डे, सत्तापक्षका प्रमुख सचेतक खिमलाल भट्टराई, विपक्षी दलका सचेतक सरिता प्रसाईँ, समाजवादी पार्टीका नेता प्रमिला कुमारी, पत्रकार महासंघका प्रतिनिधिबीच छलफल भएको हो। अध्यक्ष तिमिल्सिनाको पहलमा भएको छलफलमा छिट्टै नै सो विधेयक सदनमा अगाडि बढाउन सबै पक्ष सहमत भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *