झन् आकाशियो सुनको भाउ, आजपनि तोलामा १००० वृद्धि

डिसी नेपाल
२८ साउन २०७६ ११:२५

काठमाडौं । आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ झन् उकालो लागेको छ । गत साता ६६ हजार ३ सय रुपैयाँबाट लगातार बढेर ७० हजार पुगेको सुनको भाउ आज पनि एक हजार बढेको हो । यो नेपालको इतिहाँसकै उच्च रेकर्ड हो।

आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ७१ जहार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन ७० हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तैगरी आज तेजावी सुनको भाउ पनि उकालो लागेको छ । आज तेजावी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो साता सुनजसरी नै लगातार बढेर ८२५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ पनि आज १० रुपैयाँ बढरेर ८३५ रुपैयाँमा कारोबार भईरहेको छ। चाँदीको भाउ पनि नेपाली इतिहाँसमै अहिलेसम्मकै उच्च हो ।

काठमाडौँ उपत्यका भन्दा बाहिरका जिल्लामा भने सुनको भाउ केही बढी पर्न सक्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *