प्रतिनिधिसभा बैठकमा जनसरोकारका विषयमा ध्यानाकर्षण

डिसी नेपाल
२८ साउन २०७६ १४:३३

काठमाडौं। प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सार्वजनिक सरोकारका विभिन्न विषयमामा सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद टेकबहादुर बस्नेतले श्रम ऐन लागु गर्न सरकारको ध्यानाकर्षण गराए। सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र राष्ट्रसेवक कर्मचारीको मासिक तलबमा एकरुपता नभएको भन्दै उहाँले श्रम ऐन अनुसारको मासिक तलब सबैले पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाषर्कण गराए।

सांसद दिलबहादुर महत क्षेत्रीले त्रिवेणी दुम्कीबास सडक खण्ड तत्काल खोल्न सरकारको ध्यानाकर्षण गराए।  सांसद दिपकप्रकाश भट्टले पर्यटन बर्ष मनाउने क्रममा सुदुरपश्चिमलाई वेवास्ता गर्न नमिल्ने भन्दै टनकपुर नाका संञ्चालनमा ल्याएर कंचनपुरको भीम दत्तर नगरपालिकामा पर्यटन सेवा केन्द्र र सुविधा केन्द्र तत्काल स्थापना गर्न सरकारको ध्यानाकर्षण गराए।

देवप्रसाद गुरुङले असारमा आएको बाढी पहिरोले लम्जुङ मनाङको बाटोमा पर्ने कयौ पुलहरु बगाएर लगेको र ती पुलहरु अहिलेसम्म बन्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

सांसद नविना लामाले त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयका पदाधिकारी चयन गर्दा राजनीतिक भागवण्डा नगरि प्राज्ञिक व्यक्तित्वलाई नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराइन्

सांसद डाक्टर नारायण खड्काले १८ सय १५को सुगौली सन्धि र १९ सय १५ को शान्ति तथा मैत्री सन्धि लगायत सिमा सन्धि तथा महत्वपुर्ण दस्तावेजहरु हराएको सुन्न आएको भन्दै यस्ता महत्वपूर्ण दस्तावेज हराउनु गम्भीर र संवेदनशील भएको भन्दै सम्बन्धीत मन्त्रीहरुलाई दस्तावेज तत्काल खोजी गर्न निर्देशन दिन सभामुखको ध्यानाकर्षण गराए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *