श्रीदेवीको अन्तिम जन्म दिनको कहानी, साथीको घरमा काटेकी थिइन् केक

डिसी नेपाल
२९ साउन २०७६ ८:५६

मुम्बई। बलिउडकी पहिलो महिला सुपरस्टार श्रीदेवीको १३ अगस्ट ५६ जन्म दिन हो। तर श्रीदेवी हाम्रोबीचमा छैनन्। २४ फेब्रुअरी २०१८ मा दुबईको एउट होटलको बाथटपमा डुबेर उनको निधन भएको थियो। श्रीदेवीले आफ्नो अन्तिम जन्मदिन १३ अगस्ट २०१७ मा मनाएकी थिइन्।

फेशन डिजाइनर मनीष मल्होत्राको घरमा आफ्ना साथीसँग केक काटेकी थिइन् भने आफ्ना श्रीमान बोनी कपुर र दुई छोरी जाह्नवी र खुशीसँग डिनर गर्न रेस्टुरेन्ट पनि गएकी थिइन्।

श्रीदेवीको अन्तिम जन्म दिनको डिनरका केही भिडियो समाजिक संजालमा निकै भाइरल भएका थिए। त्यसमा उनी सम्हालिन नसकेको जस्तो देखिएको थियो भने उनलाई बोनी कपुरले सम्हाल्दै गरेको देखिन्छ। उक्त भिडियो ध्यान पूर्वक हेर्दा श्रीदेवीले क्यामेराको फ्यास र होहल्लालाई पचाउन नसकेको जस्तै देखिन्छ।

क्यामराबाट बच्न उनी बोनी कपुरको पछि लाग्थिन त कहिले आफ्नो हातले कान थुन्थिन्। उनले राम्रोसँग हिँड्न नसकेपछि उनले मदिरा सेवन गरेको अनुमान लगाइएको थियो।

मनीष मल्होत्राको घरमा भएको केक कटिङ सेरेमनीमा श्रीदेवीको शुभकामना दिनका लागि उनका साथी ऐश्वर्या राय, रानी मुखर्जी, शबाना आजमी र विद्या बादलनसहित कयौं कलाकार पुगेका थिए। श्रीदेवीले केही फोटो सामाजिक संजालमा शेयर गर्दै लेखेकी थिइन्–मलाइ विशेष अनुभव गराउनका लागि मनीष मल्होत्रा र धेरै माया दिने मोरा साथीलाई शुभकामना।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *