आज घट्यो सुनको भाउ, तोलामा कति ?

डिसी नेपाल
२९ साउन २०७६ १०:५६

काठमाडौं । अघिल्लो सातादेखि निरन्तर उकालो लागेर उच्च रेकर्ड बनाएको सुनको भाउ आज (बुधबार) भने ओरालो लागेको छ।

हिजो एक हजार रुपैयाँ बढेर तोलाको ७१ हजार रुपैयाँ पुगेको सुनको भाउ आज ७ सय रुपैयाँ घटेर ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि ओरालो लागेको छ । आज तेजावी सुन ७० हजार रुपैयाँ र चाँदी प्रतितोला ८२० रुपैयाँमा कारोबार भईरहेको छ । हिजो तेजावी सुन ७० हजार ७ सय रुपैयाँ तथा चाँदी ८३५ रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौँ उपत्यका भन्दा बाहिरका जिल्लामा भने सुनको भाउ केही बढी पर्न सक्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *