इरानी राष्ट्रपतिले राष्ट्रसङ्घमा सम्बोधन गर्ने

डिसी नेपाल
३० साउन २०७६ ११:४४

तेहरान । इरानका राष्ट्रपति हसन रौहानीले संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्ने भएका छन् । अमेरिकाको न्युयोर्कमा अर्को महिना हुने महासभामा उनले सम्बोधन गर्ने तय भएको इराकी अधिकारीहरूले जनाएका छन् ।

इरानी राष्ट्रपतिको कार्यालयका मुख्य कर्मचारी मोहम्मद भाएजीले बुधबार उनको सम्बोधन तय भएको जानकारी दिएका हुन् । “अरु कुनै विषेश परिस्थिति आइनपरेमा राष्ट्रपति रौहानीले राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्ने निश्चित भइसकेको छ,” उनले सरकारी समाचार संस्थासँग भने ।

रौहानीले महासभामा सहभागी हुन अमेरिका जाने क्रममा त्यहाँ रहेका आप्रवासी इराकीहरूसँग भेटघाट पनि गर्ने गरेको भाएजीले उल्लेख गरेका छन् । त्यस बाहेक उनले विश्वभरबाट आएका राजनीतिक नेताहरूसँग पनि छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

हरेक वर्ष हुने गरेको राष्ट्रसङ्घको महासभा अहिले ७४औँ पटक हुन लागेको छ । यो वर्षको महासभा न्युयोर्कमा सेप्टेम्बर १७ देखि शुरु हुने तय भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *