श्वेता तिवारीका पतिले मुख खोले, सौतेनी छोरीको आरोपमा के भने?

डिसी नेपाल
३० साउन २०७६ १३:०९

मुम्बई। टेलिभिजन अभिनेत्री श्वेता तिवारीको जीवनमा यतिबेला उथल पुथल चलिरहेको छ। नायक अभिनव कोहलीसँग दोस्रो विवाह गरेकी श्वेताले अहिले पनि शान्ति पाएकी छैनन्। श्वेताका दोस्रो श्रीमान अभिनवमाथि सौतेनी छोरी पलकलाई दुव्र्यवहार र अभद्र व्यवहार गरेको आरोप लागेको छ।

अभिनव माथि श्वेतालाई कुटपिट गरेको पनि आरोप लागेको छ। यो विषयमा अभिनव अदालतमा उपस्थित हुनु परेको थियो। यद्यपी अहिले उनी जमानतमा रिहा भएका छन्।

विवादका बीच अभिनव कोहली एउटा शर्ट फिल्मको स्क्रिनिङमा पुगेका थिए। जहाँ उनले आफूमाथि लागेको आरोपका विषयमा पहिलो पटक मुख खोलेका छन्।
अभिनव कोहलीले स्क्रिनिङका क्रममा स्पटब्वाईसँग कुराकानी गरेका छन्। अभिनवलाई अहिले कस्तो छ भनर सोधिएको थियो। जवाफमा उनले भने–म आफूलाई ठिक बनाउने कोशिश गरिरहेको छु।’

के अहिलेको विषयले तपाइँलाई विवादमा पारेकै हो ?
जवाफमा उनले खुलेर धेरै कुरा बताएनन्। उनले यो अहिले पनि जारी रहेको भन्दै समाप्त भइनसकेको जनाए।

उनलाई सामान्य जीवनमा फर्किनु भएको हो भनेर सोधिएको थियो। जवाफमा उनले भने–जीवन चलिरहेको छ। तर, सामान्य हुन केही समय लाग्छ।’
जेलबाट आइसकेपछि तपाइँको श्वेता तिवारीसँग कुरा भयो?

जवाफमा उनले भने–मैले भेट गरेको छु। यो मेरो पारिवारिक विषय हो।’

यद्यपी सौतेनी छोरी पलक तिवारीको आरोपका विषयमा अभिनवले कुनै पनि अभिव्यक्ति दिएका छैनन्। अभिनव शर्ट फिल्म ‘चिताएँ’ को स्क्रिनिङमा गएका थिए। त्यहाँ उनी आफ्नी आमासँग गएका थिए।

श्वेता र अभिनवबीचको सम्बन्धमा खटपट भएको समाचार गत वर्ष नै सार्वजनिक भएको थियो। अभिनवकी आमाले एउटा अन्तर्वातामा श्वेता तिवारी अभिनवसँग सम्बन्ध विच्छेद गर्न चाहन्छिन् भनेर खुलासा गरेकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *