‘हिरो नेपाल’ प्रतियोगिता हुँदै, विजेतालाई २४ लाख पुरस्कारको घोषणा
काठमाडौं । ‘हिरो नेपाल’ प्रतियोगिताको आयोजना हुने भएको छ। एक्टिभ प्रोडक्सन एण्ड मिडिया प्रालिको आयोजनामा लुकेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आयोजक संस्थाकी प्रमुख कार्यकारी अधिकृत उमा श्रेष्ठले उक्त कुरा जानकारी गराएकी हुन्।
प्रतियोगितामा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले भाग लिन पाउने उनको भनाइ छ। उनका अनुसार ‘हिरो नेपाल लुकेका प्रतिभाहरुलाई उजागर गर्ने एकमात्र टेलिभिजन कार्यक्रम हो। कार्यक्रममा जुनसुकै उमेर समूहका क्षमतावान् र प्रतिभाशाली व्यक्तिहरुले भाग लिन पाउने बताइएको छ।
हिरो नेपालमा विभिन्न जातजातिले आफ्नो कला तथा संस्कृतिलाई प्रवर्द्धन गर्न सक्ने र नयाँ पिँढीले पनि सिक्ने माध्यमका रुपमा यो मञ्चलाई प्रयोग गर्न सक्ने आयोजकको भनाइ छ।
१२ जना निर्णायक रहने कार्यक्रममा एकल, जोडी तथा समूह आएर भाग लिन सक्ने बताइएको छ। कार्यक्रममा भोटिङ र जजिङ दुुवैको आधारमा विजेता घोषणा गरिने जानकारी दिइएको छ। दुवै आधारमा प्रथम हुनेलाई रु १० लाख, द्वितीय हुनेलाई ८ लाख र तृतीय हुनेलाई ६ लाख पुरस्कार प्रदान गरिने बताइएको छ। त्यस्तै, टप टेनमा पर्नेहरुले आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।
राष्ट्रको गौरव र शानका रुपमा आयोजना हुने उक्त कार्यक्रमको टेलिभिजन तथा युट्युबको माध्यमबाट विश्वमै उजागर गरिने बताइएको छ। ३ महिनाको यो इभेन्ट प्रोग्रामको प्रोमोशनल शुटिङ भैसको र केही दिनपछि अडिसन शुरु गरिने आयोजकले जानकारी गराए।
अडिसनमा भाग लिन चाहनेहरुले आयोजकको आधिकारिक वेबसाइट ९धधध।जभचयलभउब।िअयm० लगइन गरेर अप्लाई गर्न सक्नेछन्। साथै, हिरो नेपालको एप डाउनलोड गरेर समेत कार्यक्रममा भाग लिन चाहानेहरुले रजिष्ट्रिसन गर्न सक्ने आयोजकले जानकारी गराए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment