हरिको तीज कोसेली ‘माईतीको देश–२’ सार्वजनिक

डिसी नेपाल
३१ साउन २०७६ १६:४१

काठमाडौं। हरेक वर्ष सयौं तीज गीत सार्वजनिक हुन्छन्। जसमा कमै गीतमा मात्र मौलिकता पाईन्छ। यसवर्ष तीज नजिकिँदै जाँदा बजारमा तीजका गीतहरु सार्वजनिक भईरहेका छन्।

जसमध्येको एक मौलिक गीत हो, माईतीको देश–२ ।

मंगामाला फिल्मस्को प्रस्तुती रहेको गीतलाई हरि विष्टले बजारमा ल्याएका हुन्। उनले ३ वर्षअघि ‘माईतीको देश’ बजारमा ल्याएका थिए। जुन मौलिक तीज गीतलाई स्रोता दर्शकले रुचाएका थिए। ‘माईतीको देश–२’ लाई पनि स्रोता दर्शकले रुचाउने हरिको अपेक्षा छ ।

उनकै शब्द, संगीत रहेको गीतमा टीका पुनले स्वर दिएकी छन्। संगीत संयोजन झलक संगीतमले गरेका छन्। गीतका शब्दहरु मौलिक छन्। त्यस्तै भिडियो पनि गीत अनुसार बनेको छ।

भिडियोमा वरिष्ठ कलाकार निर शाह, रमा थपलिया, प्रकाश गिरी, ममता खड्का, रुविना अधिकारी, रुपा सारु लगायतको लगायतको अभिनय छ।

भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन्। त्यस्तै गीतमा करण चैसिरको छायांकन, प्रविण भट्टको सम्पादन छ।
भिडियो :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *