कृति अवार्ड नोमिनेसन सार्वजनिक

डिसी नेपाल
३१ साउन २०७६ २१:१७

काठमाडौं । एघारौं कृति अवार्डका ३ मुख्य विधाका ३१ नोमिनेसन सार्वजनिक भएको छ।

शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गरि विज्ञापन संघले टेक्निकल, क्याम्पेन र मेनस्ट्रिम विधाका विभिन्न ३१ वटा नोमिनेसन सार्वजनिक गरेको हो।

संचार उद्यमीहरु, व्यवसायीहरु तथा विज्ञापनकर्मीको साझा कार्यक्रमको रुपमा कृति अवार्डलाई लिने गरिन्छ। आगामी भदौ १३ गते होटल सोल्टीमा अवार्ड वितरणको कार्यक्रम हुदैछ।

आज सार्वजनिक भएको नोमिनेसनमा टेक्निकल विधाका विभिन्न ९ शीर्षकमा प्रतिस्पर्धा हुनेछ भने क्याम्पेन विधाको विभिन्न १५ शिर्षकमा प्रतिस्पर्धा हुदै छ। यस्तै मेनस्ट्रिम विधाका विभिन्न ७ शिर्षकमा प्रतिस्पर्धा हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *