प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्ने

डिसी नेपाल
१ भदौ २०७६ १०:४९

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा सम्बोधन गर्ने भएका छन्। बिहान ११ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए

प्रधानमन्त्री ओलीले समसामयीक विषयमा बोल्नुका साथै सांसदहरुले उठाएका केही जिज्ञासाको पनि जवाफ दिनेछन्। गत साता सिंगापुरमा उपचार गरेर फर्किएपछि प्रधानमन्त्री ओलीले आज पहिलो पटक संसदमा सम्बोधन गर्न लागेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *