यस्ता छन् घ्यु कुमारीका अनेक फाइदा, कब्जियतदेखि सुगरसम्मको समस्याका लागि उपयोगी

डिसी नेपाल
२ भदौ २०७६ ५:४०

घ्यु कुमारीको गुदी पाइल्स रोगीका लागि निकै नै उपयोगी हुन्छ। पाइल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ। त्यसैले विस्तारै घिउकुमारीको गुदी लगाउने जसले शीतलता प्रदान गर्छ। बदामको तेल अर्थात् बदाम रोगन पनि लगाउन सकिन्छ। एक दिनमा ३-४ पटक मलद्वारमा बदामको शुद्ध तेल लगाए आराम मिल्छ। काँचो केरा उसिनेर बिहान-बेलुका खाँदा पनि पाइल्स रोगीकालागि निकै फाइदाजनक हुन्छ ।

पाइल्स का रोगीले तारेको-भुटेको तथा रेशारहित खाना खानु हुँदैन। कब्जियत हुन नदिन रेसायुक्त (फाइबर) खाना प्रशस्त खानुपर्छ। अलिभको तेल लगाउँदा पनि आराम प्राप्त हुन्छ । मूलाको रस बिहान बेलुका खाँदा पाइल्सका रोगीलाई फाइदा हुन्छ । आँपको कोयाको गुदीको चूर्ण महसँग मिसाएर खान सकिन्छ।

यस्ता छन घ्यु कुमारीका फाइदाहरु

१. घ्यु कुमारीमा १८ धातु, १५ एमिनो एसिड तथा १२ भिटामिन हुन्छ। जस्ले रगतको कमी हटाएर रोग-प्रतिरोधक क्षमता बढाउँछ।

२. घ्यु कुमारीको काँडादार पातलाई ताछेर यस्को रस निकाल्ने गरिन्छ । ३-४ चम्मच रस विहान खालिपेटमा लिनाले दिनभर शरीरमा चुस्ती फूर्ती रहन्छ ।

३. घ्यु कुमारीको जुस पिउनाले कब्जियत रहन्न ।

४. घ्यु कुमारीको जुस मेहंदीमा मिलाएर लगाउँनाले कपाल चमकदार र स्वस्थ हुन्छ ।

५. घ्यु कुमारीको जुस पिउँनाले शरीरमा सुगरको स्तर उचित रुपमा रहने गर्दछ।

६. घ्यु कुमारीको जुसको सेवनले बवासीर, डायबिटीज, गर्भाशय को रोग तथा पेटको विकारलाई हटाउँने गर्दछ।

७. घ्यु कुमारीको जुस पिउनाले छालाको खरावबी, मुहांसे, रूखी त्वचा, धुपबाट डडेको छाला, झुर्रियां, अनुहारको दाग धब्बा, आखाँको कालो घेरा हट्दछ।

८. घ्यु कुमारी कोजुस पीउनाले मच्छडले टोकेर फैलने इन्फेक्शन कम हुन्छ।

९. घ्यु कुमारीको जुसले रगत प्यूरीफाई गर्दछ । साथमा हीमोग्लोबिनको कमी पनि पुरा गर्दछ।

१०. शरीरमा ह्वाईट ब्लड सेल्सको संख्या बढाउँदछ।

११. घ्यु कुमारी को जुसले छालालाई नरम र स्वस्थ्य बनाएर राख्दछ। यस्ले स्किनको कोलेजन तथा लचीलेपनलाई बढाएर स्किनलाई जवान र तन्दुरुस्त राख्दछ।

१२. घ्यु कुमारीको जुसको नियमित सेवनले छालाको भित्रीभाग मजबुत हुने गर्दछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *