‘यात्री’ बनेर अन्नपूर्ण बेस क्याम्प पुगे गायक सुनिल गिरी
काठमाडौं। तपाईमध्ये कति अन्नपूर्ण बेसक्याम्प पुग्नुभएको छ? नपुगेको भए फेसबुक, टिवटर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा पक्कै अन्नपूर्ण बेस क्याम्पका आकर्षक तस्वीर देख्नुभएको होला। गायक सुनिल गिरीले भने त्यहाँका आकर्षक दृश्य क्यामेरामा कैद गर्दै भिडियो नै सार्वजनिक गरेका छन्।
सधै मायाप्रेमका गीतहरु ल्याउँदै आएका गिरीले पृथक शैलीको ‘यात्री’ बोलको गीत ल्याएका हुन्।
‘भिजिट नेपाल २०२०’ लाई टेवा पुर्याउने उद्धेश्यका साथ यो गीत सार्वजनिक गरेको सुनिल बताउँछन्।
सुनिलको शब्द, संगीत, स्वर तथा भिडियो निर्देशनमा सार्वजनिक गीतमा अन्नपूर्ण बेस क्याम्प आसपासका मनोरम दृश्य समेटिएका छन्। भिडियोमा सुनिल गिरी, विनोद अधिकारी, टिकाराम पनेरु, विष्णुकान्त घिमिरे, रामकृष्ण बानिया ‘यात्री’ बनेका छन्। उनीहरु पैदल यात्रा गर्दै अन्नपूर्ण बेस क्याम्पसम्म पुगेका छन्।
ती मनोरम दृश्यहरुलाई योगेश दाहालले क्यामेरामा कैद गरेका हुन्। त्यस्तै प्रविण भट्टले भिडियोको सम्पादन गरेका हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment