अनुहारको चमक बढाउन यी उपाय अप्नाउनुहोस्

डिसी नेपाल
४ भदौ २०७६ ५:४५

अनुहारलाई कसरी आकर्षक बनाउने ? अनुहारमा कसरी चमक ल्याउने ? कसरी नरम बनाउने ? अक्सर धेरैको मनमा उब्जने प्रश्न हो यो ।

हुन पनि झट्ट हेर्दा देखिने भाग हो, अनुहार । अनुहारको सौन्दर्य नै फिका छ भने त्यसले समग्र व्यक्तित्व ओझेल बनाइदिन्छ । अहिलेको जमानामा व्यक्तित्वको पनि उत्तिकै महत्व छ । व्यक्तित्वले नै दोस्रो व्यक्तिलाई प्रभाव पार्न सकिन्छ ।

डार्क चकलेट

डार्क चमलेट छालाको लागि राम्रो मानिन्छ । डार्क चकलेटमा पाइने एन्टीअक्सिडेन्ट तत्वले छाला सुख्खा हुन पाउदैन । साथै सुर्यको विकिरणबाट समेत छालालाई जोगाउँछ ।

गाजर

गाजरमा भरपूर मात्रामा भिटामिन ‘ए’ पाइन्छ । यसको सेवनले अनुहारको चमक बढाउँछ र अनुहार आर्कषक देखाउँछ । यसलेे छालामा बाहिरी पत्रमा रहेको कोषिकालाई पोषणतत्व प्रदान गर्दछ ।

बदाम

बदाममा भिटामिन ‘ई’ भरपूर मात्रामा पाइन्छ, जसले एन्टीअक्सिडेन्ट तत्व सरह नै काम गर्छ । यसे छालालाई सुर्यको विकिरणकोबाट बचाएर छालालाई स्वस्थ राख्न मद्दत गर्छ ।

ग्रिन टी

गि्रन टीको अनेकौ फाइदाहरु छन् । त्यसमध्यको प्रमुख भनेको ग्रीन टीले छालामा क्यान्सर हुनबाट जोगाउँछ । ग्रीन टीमा प्रशस्त मात्रामा एन्टीअक्सिडेन्ट रहेको हुन्छ । जसले छालालाई आर्कषक देखाउन तथा अनुहारमा चमक ल्याउन मद्दत गर्छ । यसको प्रयोग फेशियल, स्क्रबिङ्ग, स्टीमद्धारा पनि गर्न सकिन्छ ।

अन्य टिप्स

प्रशस्त मात्रामा पानी पिउने । धुमपान तथा मदिरापानबाट टाढै बस्ने । हरेक दिन विहान प्राणायाम गर्ने । स्वस्थ्यकर तथा पौष्टिक तत्वयुक्त खानेकुराको सेवन गर्ने । अनुहारलाई मोइस्चराईज गर्ने । प्रत्येक पल्ट घरबाट निस्कनु पूर्व अनुहारलाई राम्ररी ढाक्ने। सन्सकि्रम तथा सनग्लासको प्रयोग गर्ने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *