खाली पेटमा भुलेर पनि नखानुस् यी ५ खानेकुरा, ज्यान पनि जानसक्छ !

डिसी नेपाल
४ भदौ २०७६ ५:५७

काठमाडौं । हामीले खाने खानामा हुने पोषक तत्वले नै हामीलाई बलियो र स्वस्थ बनाउँछन्। तर, ती पोषकतत्वको सन्तुलन मिलेन वा हाम्रो खानपानको शैली मिलेन भने त्यसैबाट जटिल अवस्था पनि निम्तिन सक्छ।

शरीरलाई स्वस्थ र स्फूर्त राख्नको निम्ति समय अनुसार खाना खानुपर्छ। यसै सन्दर्भमा, यहाँ खाली पेटमा खान नहुने कुराहरुको बारेमा चर्चा गरिएको छ।

१) बिहानको समय धेरै मसालेदार वा पीरो खानेकुरा खानुहुँदैन। यसले पूरै दिन पेटमा एसिडिटी बढाइदिन्छ। यो बानीले अल्सर हुने सम्भावना समेत बढेर जान्छ।

२) बिहान चिसो पे पदार्थ पिउनु हुँदैन। चिसो पे पदार्थले कार्बोनेट एसिड उत्पादन गरिदिन्छ र त्यो एसिड, पेटमा रहेको एसिड संग मिल्दा स्वास्थ्यमा गम्भीर समस्या पैदा हुन्छ।

३) चिसो खानेकुरा खाली पेटमा खानु हुँदैन।

४) बिहानको समयमा अमिलो फलफूल खानु स्वास्थ्यका लागि राम्रो मानिदैन । यसले पाचन प्रक्रियालाई सुस्त बनाइदिन्छ।

५) बिहान खाली पेटमा कफी पिउँनु हुँदैन। खाली पेटमा कफी पिउँदा ग्यास्ट्रिकको समस्या बढ्दै जान्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *