कश्मिर मुद्दामा ट्रम्पको अभिव्यक्ति : स्थिति ‘विस्फोटक’

डिसी नेपाल
४ भदौ २०७६ १२:०२

बीबीसी। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मिरको पछिल्लो अवस्थालाई ‘विस्फोटक’ र ‘जटिल’ बताउँदै एक पटक फेरि भारत र पाकिस्तानबीच मध्यस्थता गर्ने मनसाय व्यक्त गरेका छन्।

ट्रम्पले यो हप्ताको अन्तिममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फ्रान्समा भेटवार्ता गर्नेसमेत बताएका छन्। उनले कश्मिर एउटा जटिल समस्या भएको उल्लेख गर्दै भने–यहाँ हिन्दु पनि छन्, मुसलमान पनि छन्, म यो पनि भन्दिन की उनीहरुबीच मिलजुल छ।’

उनले अगाडि भने–यो विवाद धेरै लामो समयदेखि चलिआएको छ। र यो निकै जटिल पनि छ। म यसमो मध्यस्थता गर्ने कोशिश गरिहेको छु। प्रधानमन्त्री इमरान खान र नरेन्द्र मोदीसँग मेरो राम्रो सम्बन्ध छ। यो हप्ताको अन्तिममा म मोदीसँग भेट पनि गर्छु।’

उनले आफू भारत र पाकिस्तानको नेतासँग नियमित सम्पर्कमा रहेको बताए। तर भारतले सधैं कश्मिर मुद्दामा कसैको मध्यस्थतालाई अस्वीकार गर्दै आएको छ।
उता पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बारम्बार कश्मिरका विषयमा हस्तक्षेप र मध्यस्ता गर्न माग गर्दै आएका छन्।

यसअघि पनि राष्ट्रपति ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री इमरान खानको अमेरिकाको भ्रमणका क्रममा कश्मिरका विषयमा मध्यस्थता गर्ने आशय व्यक्त गरेका थिए। साथै उनले मोदीले आफूलाई कश्मिर मुद्दामा मध्यस्थता गर्न आग्रह गरेको पनि बताएका थिए। तर भारतले ट्रम्पको दाबी अस्वीकार गरेको थियो।

ट्रम्पले इमरान खान र मोदीसँग यो विषयमा छलफल गरेका थिए। ट्रम्पले दुवै नेतासँग तनाव कम गर्न अपील गरेका थिए। उनले पाकिस्तानलाई कश्मिरका विषयमा भारतप्रति दिने अभिव्यक्तिलाई नियन्त्रण गर्न पनि सुझाव दिएका थिए।

त्यसअघि सोमबार मोदीले ट्रम्पसँग करिव ३० मिनेट फोनमा वार्ता गरेका थिए। जसमा मोदीले पाकिस्तानतर्फ संकेत गर्दै केही नेता भारत विरोधी हिंसालाई उत्कर्षमा पुर्याउन वक्तव्य दिइरहेका छन् जो शान्तिका लागि अनुकुल होइन भनेका थिए।

उता पाकिस्तानले भने कश्मिर मुद्दालाई अन्तर्राष्ट्रिय न्यायालयमा उठाउने तैयारी गरिरहेको छ। पाकिस्तानी विदेश मन्त्री शाह महमुद करैशीले यसको जानकारी दिएका हुन्। यो साताको अन्तिममा डोनाल्ड ट्रम्प र मोदीबीच फ्रान्समा जी–७ को बैठकका क्रममा भेट हुँदैछ। जहाँ ट्रम्प मोदी समक्ष यो विषयमा कुरा गर्न सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *