एभीसी सेन्ट्रल जोन भलिबल : जितबिहीन नेपाल प्रतियोगिताबाट बाहिरियो

डिसी नेपाल
४ भदौ २०७६ १९:०८

काठमाडौं । नेपाल एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताबाट बाहिरिएको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा माल्दिभ्ससँग ३–० को सोझो सेटमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा नेपाल माल्दिभ्सविरुद्ध तीनै सेटमा कमजोर देखिएको थियो । घरेलु कोर्टमा खराब प्रदर्शन गरेको नेपाललाई माल्दिभ्सले २५–२२, २५–२१ र २५–१४ को सेटमा पराजित गर्यो ।

माल्दिभ्ससँगको हारसँगै समूह ए बाट नेपाल जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले अंक जोड्न सकेन । अब नेपालले पाँचौ स्थानको लागि समूह बी को तेस्रो हुने टोलीसंग खेल्नेछ ।

माल्दिभ्स भने समूहको उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सले २ खेलमा २ अंक जोड्यो । माल्दिभ्सले अब सेमिफाइनलमा समूह बी को विजेता उज्वेकिस्तानसँग खेल्नेछ ।

यस समूहबाट किर्गिस्तान २ खेलमा २ जितसहित ४ अंक जोडेर समूह विजेताको रुपमा सेमिफाइनल पुगिसकेको छ ।

पहिलो खेलमा किर्गिस्तानले नेपाललाई ३० को सोझो सेटमा हराएको थियो । दोस्रो खेलमा किर्गिस्तानले माल्दिभ्सलाई हराएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *