नेकपामा शक्तिशाली ओली !

डिसी नेपाल
५ भदौ २०७६ ९:५२

अन्यत्र कतै नभएको र हुन नसक्ने कुरा राजनीतिमा हुन्छ। हुन पनि ०४६ साल पछिका राजनीतिक घटनाक्रम हेर्दा राजनीतिमा जे जस्ता घटना देखिए, त्यसले के देखायो भने अन्यत्र नहुने कुरा राजनीतिमा हुन्छ।

सबैलाई सिध्याएर सत्तामा पुग्छु भनेर जंगल पसेको माओवादी, टाउकाको मूल्य तोकेर सबैलाई मारेर सक्ने त्यो बेलाको सरकारको निर्णय, अन्तिममा आएर एउटै टेबलमा बसेर सम्झौता गर्दै सँगै सरकारमा सहभागी हुने राजनीतिक परिघटना विश्वमा विरलै हुने गरेका छन्। राजनीतिमा शुत्रपनि हुँदैनन् र मित्रु पनि हुँदैनन् भन्ने भनाइको ज्वलन्त उदाहारण नेपालकै राजनीतिमा छन्।

यसो भन्दै गर्दा पछिल्लो समय प्रधानमन्त्री केपी ओली बडो गजवका नेताका रुपमा उदाएका छन्। जसले ‘विरालोले मुसो खेलाएजस्तो’ आफ्नै दलका नेताहरुलाई, आफ्नो दल र आफ्नो विरोधमा रहेको कम्युनिष्ट पार्टीसँग एकीकरण गरी ती दलका नेतालाई यसरी खेलाए, फकाए, पाखा लगाए कि ओलीले एक जना नेताले के गर्न सक्छ भन्ने उदाहारण दिए।

प्रधानमन्त्री केपी ओली बडो गजवका नेताका रुपमा उदाएका छन्। जसले ‘विरालोले मुसो खेलाएजस्तो’ आफ्नै दलका नेताहरुलाई, आफ्नो दल र आफ्नो विरोधमा रहेको कम्युनिष्ट पार्टीसँग एकीकरण गरी ती दलका नेतालाई यसरी खेलाए, फकाए, पाखा लगाए कि ओलीले एक जना नेताले के गर्न सक्छ भन्ने उदाहारण दिए।

अघिल्लो वर्ष मात्र कांग्रेससँग मिलेर आफूलाई जसरी पनि चुनावमा हराउँछु भनेर लागिपरेको माओवादीलाई आफैंसँग गठबन्धन गराएर चुनावमा विशाल जीत हात पार्नु र लगत्तै गठबन्धन गरेको पार्टीसँग एकता नै गर्नु चानचुने कुरा थिएन। तर, ओलीले त्यो गरेर देखाए।

प्रचण्ड, माधव नेपाल, झलनाथ खनालजस्ता नेता (जसले पार्टीमा आफूलाई ओली भन्दा वरिष्ठ ठान्छन्) लाई यसरी खेलाए, फकाए, पन्छाए, एक्ल्याए की वास्तवमा यो बडो उदाहरणीय छ। यसरी सबैलाई मिलाएर लैजानुलाई सकारात्मक पक्ष मान्न सकिन्छ। तर, नकारात्मक पक्ष पनि छन्। ती के हुन् भने प्रधानमन्त्री ओलीमा इमान्दारिता देखिएन।

ओलीले सम्पूर्ण जनताले दिएको मत लिएर दुई तिहाइ बहुमतको सरकारको प्रधानमन्त्री भएर राज्यसत्ता र पार्टी प्रमुख भएर आफूसँग विमति राख्ने पार्टी भित्र र बाहिरका नेतालाई तह लगाउनमा नै समय खर्चिए। देशलाई समृद्ध बनाउने नारा घन्काए तर काम गरेनन्।

काम के गरे भने आफू इतरका विचार राख्ने नेता कार्यकर्तालाई गलाउने, थन्क्याउने र कर्नर पार्ने काममा लागे। मुलुकमा भ्रष्टाचार व्याप्त छ। भ्रष्टाचार भएर नै अख्तियारले धमाधम पक्राउ गर्दैछ। अख्तियारले पनि स–सनालाई मात्र समातेको छ। अख्तियार भ्रष्टाचारको स्रोतमा पुग्न सकेकै देखिएन।

लेखक

प्रधानमन्त्रीको ओलीको स्वास्थ्य अवस्था पनि प्रतिकूल रहेको छ। उनलाई स्वास्थ्यले कत्तिको साथ दिन्छ भन्न सकिने स्थिति छैन। तर मुलुकलाई दिशाहीन अवस्थाबाट दिशा दिने, भ्रष्टाचार मुक्त समाज बनाउने र पार्टीभित्र मुलुक हाँक्ने नेता बनाउने काम उनले गरेनन्।

ओलीले आफ्नो मानिसलाई सुविधा र पद, आफू इतरका नेता कार्यकर्तालाई पन्छाउने र गलाउने र कमजोर बनाउने काम गरे। यी सबै कुराले के देखायो भने ओलीले जनताको अभिमतको दुरुपयोग गरे। कार्यकर्ताको भावनाको विपरित काम गरे। कम्युनिष्ट भावना र विचार र शासन गर्ने शैलीप्रति वितृष्णा पैदा गरे।

पछिल्लो समय जनतामा राजनीतिप्रति नकारात्मक धारणा विकास भइरहेको छ । राजनीतिमा जे पनि हुँदोरहेछ। राजनीतिक गर्ने मानिसमा साम, दाम दण्ड भेद कुनै पनि अस्त्र प्रयोग गरेर विरोधीलाई वशमा राख्ने क्षमता हुने रहेछ। राजनीतिमा शत्र नहुने, मित्रु नहुने रहेछ। राजनीतिमा केवल स्वार्थमात्र हुने रहेछ। स्वार्थका लागि राजनीतिमा जे पनि गरिने रहेछ भन्ने आम नागरिकमा परिसकेको छ।

यसरी बुझ्नपर्ने अवस्था आउनु राम्रो होइन। त्यसैले ओलीले प्रचण्डलाई तह लगाएकै हुन्? माधव नेपाललाई तह लगाएकै हुन्? झलनाथलाई पनि त्यसै गरेका हुन्? त्यसो भए को हो त ओलीपछिको नेता? अब पार्टी हाँक्ने र शासनको भागडोर चलाउने कसले? छट्टु, चण्डाल र तिरस्कृत अर्को कुनै पनि नेता अगाडि बढ्दा वा बढाउँदा जनताले पत्याउलान्?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *