धेरै पारिश्रमिक लिनेमा ज्याकलिनको नाम, २ मिनेटको सीनका लागि दुई करोड पारिश्रमिक

डिसी नेपाल
५ भदौ २०७६ १३:१६

मुम्बई। यतिबेला बाहुबली फेम स्टार प्रभासको फिल्म ‘साहो’ को निकै चर्चा छ। यो फिल्मलाई धेरैले निकै प्रतिक्षा गरिरहेका छन्। एक एक गर्दै फिल्मको गीत र ट्रेलर रिलीज भइरहेका छन्। फिल्ममा प्रभासको अपोजिट नायिका श्रद्धा कपुर छन्। केही दिन अगाडि फिल्मको गीत ब्याड ब्वाइ रिलीज भएको थियो। यो गीत रिलीज हुने वित्तिकै भाइरल भएको छ।

फिल्म निर्माण गर्दा नै धेरै बजेट लगानी भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। अझ रमाइलो कुरा त के छ भने यो फिल्मको आधा बजेट नायिका ज्याकलीन फर्नांडिजमाथि खर्च गरिएको छ। फिल्ममा दुई मिनेट १६ सेकेण्डको यो गीतका लागि ज्याकलिनलाई २ करोड रुपैयाँ पारिश्रमिक दिइएको छ।

रिलीज भएपछि यो गीत यूट्यूबमा ट्रेण्डिङमा छ। गीतमा प्रभास र ज्याकलिनको केमिस्ट्रीलाई दर्शक निकै रुचाएका छन्। यो गीतलाई अहिलेसम्म एक करोड भन्दा धेरै पटक हेरिइसकिएको छ।

फिल्म साहो ३० अगस्ट भारतभर रिलीज हुँदैछ। पहिला यो फिल्म अक्षय कुमारको फिल्म मिशन मंगल र जन इब्राहिमको फिल्म बाटला हाउससँग रिलीज गर्ने तयारी थियो। तर निर्माताले निजी कारण भन्दै फिल्मको रिलीज मिति पछि सारेका थिए। यो फिल्ममा चंकी पाण्डे, मन्दिरा बेदी, नील नितिन मुशेक, ज्याकी श्राफ र महेश मांजरेकरको मुख्य भूमिका छ।


No ads found for this position

प्रतिक्रिया

One thought on “धेरै पारिश्रमिक लिनेमा ज्याकलिनको नाम, २ मिनेटको सीनका लागि दुई करोड पारिश्रमिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *