इमरान खानले भने – ‘अब भारतसँग कुरा गरेर फाइदा छैन, परमाणु युद्ध हुन्छ’

डिसी नेपाल
५ भदौ २०७६ १५:०६

इस्लामाबाद। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अब भारतसँग वार्ताको लागि अपिल नगर्ने बताएका छन् । उनले अब वार्ताभन्दा परमाणु युद्ध हुन सक्ने चेतावनी दिए । एक अन्तर्राष्ट्रिय मिडियालाई दिएको अन्तरवार्तामा इमरानले आफूले पटक पटक वार्ताको लागि आग्रह गरेको तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेवाता गरेको बताए ।

अमेरिकी अखबार न्यूयोर्क टाइम्ससँग कुरा गर्दै इमरानले भने ‘अब उनीसँग कुरा गर्नुको कुनै फाइदा छैन । मैले वार्ताको लागि सबै कोसिस गरें । दुर्भाग्य नै भन्नुपर्छ कि जब म पछाडि फर्केर हेर्छु त्यतिबेला लाग्छ कि मेरो शान्ति र वार्ताको सबै कोसिसलाई उनले तुष्टीकरणको रुपमा लिए ।’ इमरानले अहिलेसम्म गरिएका बै प्रयास बेकार भएको भन्दै अब भारतसँग वार्ताको कुनै औचित्य नरहेको बताए ।

इमरानले भारतले कश्मिरमा फर्जी अपरेशन चलाउन सक्ने आशंका गरे ताकि त्यसको आडमा पाकिस्तानविरुद्ध सैन्य कारवाहीको लागि उसलाई आधार प्राप्त होस् । यस्तो स्थितिमा पाकिस्तान जवाफ दिन बाध्य हुने उनको भनाइ थियो । इमरानले दुई परमाणु शक्ति सम्पन्न देश आमने सामने हुँदा जे पनि हुन सक्ने खतरा औंल्याए । उनले भने ‘मेरो चिन्ता यही छ कि कश्मिरको हालतले तनाव बढ्न सक्छ । दुवै देश परमाणु शक्ति सम्पन्न छन् त्यसैले विश्वले यसतर्फ ध्यान दिनुपर्छ कि हामी कस्तो हालतको सामना गरिरहेका छौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *