श्रीमानले चुइङ्गम दिँदा श्रीमतीले लिन नमानेपछि …

डिसी नेपाल
५ भदौ २०७६ १५:२६

काठमाडौं। एक जना श्रीमानले आफ्नी श्रमितीलाई चुइङ्गम दिए तर श्रीमतीले त्यो लिन मानिन् । यत्ति बहानामा रिसाएका ती मुस्लिम समुदायका श्रीमानले श्रीमतीलाई ‘तीन तलाक’ दिएका छन् । यतिसम्म कि ती व्यक्तिले तीन तलाक अदालत परिसरमै दिएका थिए जबकि भारतमा तीन तलाक कानुनी रुपमा खारेज भइसकेको छ । घटना उत्तर प्रदेशको राजधानी लखनउको भएको आज तकको समाचारमा उल्लेख छ । उनले लखनउ सिभिल कोर्ट परिसरमै तीन तलाक दिएका थिए ।

यहाँको इन्दिरा नगर निवासी श्रीमती सिम्मीलाई श्रीमान सइद राशिदले तीन तलाक दिएका हुन् । उनीहरुको विवाह २००४ मा भएको बताइएको छ । बिहेपछि नै सिम्मीलाई दाइजोको कारण प्रताडित गर्न थालिएको थियो । त्यसपछि उनले परिवारविरुद्ध उत्पीडन मुद्दा दायर गरेकी थिइन् । सोमबार यही मुद्दामा सुनुवाइका लागि उनीहरु अदालत गएका थिए । म्मिीले आफ्ना वकिलसँग कुरा गरिरहेका बेला सइद आएर उनलाई चुइङ्गम दिए । सिम्मीले लिन अस्वीकार गरिन् ।

यो कुराले सइद यतिसम्म रिसाए कि उनले श्रीमतीलाई गाली गर्दै तीन पटक तलाक भनेर हिँडे । तत्कालै उनी अदालत परिरबाट बाहिरिएको बताइएको छ । सिम्मीले यस विषयमा वजीरगंग पुलिस स्टेशनमा उजुरी दर्ता गराएकी छिन् । तर, सिम्मीले उजुरीपछि पनि पुलिसले उनका पतिविरुद्ध कुनै कारवाही नगरेको आरोप लगाएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *