८ जना नरपशुले अबलाको शरीर लुछिरहे, चोट नभएको शरीरको कुनै अंग बाँकी छैन

डिसी नेपाल
६ भदौ २०७६ १४:१८

काठमाडौं। ८ जनाको सामूहिक बलात्कारको शिकार भएकी युवतीको बयान सुन्दा प्रहरीकै शरीर सिरिंग भएको दर्दनाक घटना सार्वजनिक भएको छ । ती पीडित युवतीलाई आरोपीहरुले जनावरजस्तै व्यवहार गरेको पाइएको छ । भारतको हरियाणा राज्यको करनालमा भएको यो घटनामा बलात्कारीहरु ज्यादतीको अन्तिम हदसम्म पुगेको पाइएको आज तकको समाचारमा उल्लेख छ ।

पीडित युवतीका अनुसार आठैजना उनीमाथि एकैपटक जाइलागेका थिए । उनले यसको विरोध गर्दा उनीहरुले फलामको पाइपले निर्घात कुटपिट गरेको उनले बताइन् । पीडित युवती अहिले चण्डीगढको पीजीआइ अस्पतालमा भर्ना छिन् । डाक्टरहरु उनलाई बचाउने प्रयासमा जुटेका छन् । उनको शरीरलाई यो हदसम्म लुछिएको छ कि उनका नाजुक अंग उनीमाथि भएको ज्यादतीको बयान दिन्छन् । उनको शरीरमा कुनै पनि यस्तो भाग छैन जहाँ चोट नहोस् । धेरै ठाउँमा उनको शरीर नीलो भएको छ ।

ज्यादतीको निशान उनको शरीरभरी छन् । उनले पुलिसलाई दिएको बयानमा भनेअनुसार एक जनाले उनलाई बोलाएर लिएर जाँदा उनीमाथि यस्तो ज्यादती हुन्छ भन्ने उनलाई अनुमान सम्म थिएन । उनलाई एक्कासी आठैजनाले झम्टिए र पालैपालो बलात्कार गरे त्यसपछि उनलाई अर्धमृत अवस्थामा छाडेर गए । लामो समयसम्म उनी बेहोश अवस्थामा रहिन् । निकै समयपछि होशमा आएपछि उनले पुलिसलाई सम्पर्क गरिन् ।

युवती उत्तर प्रदेशकी हुन् । उनी करनाल रेलवे स्टेशनमा बसेकी थिइन् । त्यही बेला एक जना उनीनजिक आए र उनलाई खाना खुवाउने बहानामा औद्योगिक शेडमा लिएर गए । त्यहाँ पहिल्यै ७ जना अन्य थिए । उनीहरुले तत्कालै उनलाई झम्टिएर बलात्कार गरे । पुलिसले मुद्दा दर्ता गरेको जनाएको छ । पुलिसले अपराधीलाई छिटै पक्राउ गर्ने बताएको छ । पुलिसले घटनास्थल आसपासका सिसिटिभी फुटेज जाँच गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *