एक लाख रुपैयाँको सिक्का बोकेर बिजुलीको बिल तिर्न गएपछि…

डिसी नेपाल
७ भदौ २०७६ ११:४४

काठमाडौं। आजभोलि बिजुलीको बिल तिर्न काउन्टरसम्म पनि जानु पर्दैन । विभिन्न भुक्तानीसम्बन्धी एपको प्रयोग गरेर घरमै बसेर बिजुलीको बिल तिर्न सकिन्छ । यस्तोमा एक जना व्यापारी भने एक लाख रुपैयाँ बराबरका उक र दुई रुपैयाँका सिक्का बोकेर बिजुलीको बिल तिर्न पुगेपछि काउन्टरका कर्मचारी दंग परेका छन् । दैनिक भास्करको समाचार अनुसार घटना भारतको छत्तीसगढको हो

यहाँ विद्युत कम्पनीले ठूलो रकम महशुल तिर्न बाँकी भएका ग्राहकहरुविरुद्ध अभियान चलाएको छ । बिजुलीको बिल नतिर्ने ग्राहकको लाइन काट्न सुरु गरिएको छ । यहाँको कोरबा शहरको पावर हाउस रोडमा पवन कुमार कपडा पसल चलाउँछन् । उनले करिब १ लाख रुपैयाँ बराबर बिजुलीको बिल तिर्न बाँकी छ । कम्पनीले उनलाई बिजुलीको बिल तिर्न भनेपछि शुक्रबार उनी अटोरिक्शामा २ बोरा सिक्का बोकेर तुलसी नगर विद्युत अफिस पुगे । उनलाई देखेर कर्मचारी दंग परे ।

कर्मचारीले सिक्का गन्न समय लाग्ने बताउँदै उनलाई नोट ल्याउन भने । केही समय सिक्काले भरिएका बोरा लिएर उनी यताउता घुमे त्यसपछि फर्किए । उनले आफूसँग केही नोट ल्याएका थिए जसलाई भने कर्मचारीहरुले उनको बिलको किस्ताको रुपमा लिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *