समुद्र किनारमा घुम्न गएका दम्पतीले बालुवा चोरेपछि ६ वर्ष जेल !

डिसी नेपाल
७ भदौ २०७६ १२:०३

एजेन्सी। इटलीको सार्डिनियामा समुद्र किनारबाट बालुवा चोरेको अभियोगमा फ्रान्सका दम्पतीलाई ६ वर्षको जेल सजाय सुनाइएको छ । दम्पती त्यहाँ विदा मनाउन आएका थिए । दम्पतीका अनुसार उनीहरुलाई थाहा थिएन कि उनीहरुले जे गरे त्यो अपराधको श्रेणीमा आउँछ । इटलीको टापुमा सेतो बालुवा संरक्षित छ । समुद्र तटबाट बालुवा निकाल्ने पर्यटकलाई जरिवानादेखि जेल सजायसम्मको व्यवस्था छ ।

दम्पतीका अनुसार उनीहरुलाई आफूले अपराध गरिरहेको महसुस भएन । उत्तर फ्रान्सको शहर पोर्टो टेरेसमा दक्षिण फ्रान्सको टलोन शहर जानको लागि डुंगाको प्रतिक्षा गरिरहेका दम्पतीको साथबाट पुलिसले नियमित जाँचको क्रममा बालुवा बरामद गरेको थियो । पुलिसका अनुसार उनहिरुको साथबाट बालुवा भरिएका १४ बोतल बरामद भएका थिए । त्यसपछि दम्पतीलाई गिरफ्तार गरियो । बोतलमा करिब ४० किलो बालुवा थियो ।

उनीहरुलाई ससारी शहरको अदालतमा पेश गरियो । अदालतले ३ हजार ३ सय डलर जरिवाना र ६ वर्षको जेल सजाय सुनाएको छ । पुलिसका अनुसार सार्डिनियाको समुद्र किनारमा पर्यटकलाई लक्षित गरी बालुवा निकाल्न निषेध गरिएको सूचना फरक फरक भाषामा बोर्डमा लेखिएको छ । यहाँबाट बालुवा र ढुंगाको चोरी आम भइसकेको छ । यो बालुवा र ढुंगाको इन्टरनेटमा कालोबजारी हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *