मुटुको अपरेशन गर्नुपर्ने बिरामीलाई अस्पतालले ६ वर्षपछिको डेट दिएपछि…

डिसी नेपाल
७ भदौ २०७६ १३:०१

नयाँ दिल्ली। मुटुमा समस्या भएर अपरेशन गर्नुपर्ने बिरामीले अपरेशनको लागि कतिसम्म पर्खिन सक्ला । उसको तत्कालै उपचार नगरिए ज्यानै जानेसम्मको जोखिम हुन्छ । तर, दिल्लीको एम्स अस्पतालले एक मुटुरोगीलाई ६ वर्षपछि अपरेशनको डेट दिएको छ ।

अहिले एम्स अस्पतालमा भर्ना भएकी ती बिरामीलाई अस्पतालले अपरेशनको लागि सन् २०२५ को मिति दिएको हो । उत्तर प्रदेशको मेरठकी ३२ वर्षीया नसरीन बानो मुटुरोगी हुन् । नसरिनका अनुसार उनको आर्थिक स्थिति ठिक छेन । यकारण विगत १३ वर्षदेखि उनले एम्समा उपचार गराइरहेकी छिन् । डाक्टरका अनुसार उनको मुटुका भल्भहरु खुम्चिएका छन् ।

उनको अपरेशन नगरी उपचार नहुने डाक्टरहरुले बताएका छन् । तर एम्स अस्पतालले अपरेशनको लागि २०२५ ालको मिति दिएको छ । यस सम्बन्धमा नसरीनले थप कुरा गर्दा डाक्टरले कुनै अर्को अस्पतालमा गएर उपचार गराउन सुझाव दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *