प्रतिभा रानी मिस टिन २०१९ बन्न सफल

डिसी नेपाल
८ भदौ २०७६ ८:५२

सोलुखुम्बु । थुलुङदूधकोशी गाउँपालिका–७ देसाकी प्रतिभा ९रानी० राईले मिस टिन २०१९ कोे उपाधि जितेकी छन्। काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार आयोजना गरिएको प्रतिस्पर्धामा अन्य छ प्रतिस्पर्धीलाई पछि पार्दै प्रतिभाले उपाधि जित्न सफल भएकी हुन्।

प्रतियोगिताबाट राईले उपाधि जित्दै ताज पहिरिन सफल भएको उहाँका बुबा रामसङ्घर्ष किरातीले जानकारी दिए। फाइनल चरणमा रहेका सातमध्ये मोष्ट भ्यूज र मिस ट्यालेण्टको समेत उपाधि प्रतिभाले पाएको आयोजकले जनाएको छ।

सल्लेरीको एक निजी विद्यालयमा एसइई उत्तीर्ण गरेकी प्रतिभा काठमाडौँको ग्रामर कलेज कोटेश्वरमा विज्ञान सङ्कायमा कक्षा १२ मा अध्ययनरत छन्। राईले उपाधि जितेसँगै सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद दिएका छन्।

रिबन इन्टरटेनमेन्टद्धारा आयोजित उक्त प्रतियोगितामा सोलुखुम्बुलाई प्रतिनिधित्व गर्दै सहभागिता जनाएको बताउने राईले आफ्नो रुचि मात्र नभई गाउँठाउँको समेत पहिचान जोगाउन लाग्ने प्रतिक्रिया दिएका छन्।

प्रतिभाका बुबा रामसङ्घर्ष किराती थुलुङदूधकोशी गाउँपालिका वडा नं ७ का वडाध्यक्ष तथा आमा दुर्गालक्ष्मी राई शिक्षक छन्। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *