अमेरिकी राष्ट्रपति ट्रम्प इरानी राष्ट्रपति हसन रुहानीलाई भेट्न तयार

डिसी नेपाल
१० भदौ २०७६ ७:४५

बीबीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उचित समयमा इरानी राष्ट्रपति हसन रुहानीसँग भेट गर्ने बताएका छन्। फ्रान्समा जी–७ को बैठकमा आइतबार अचानक इरानका विदेशमन्त्री पुगेका थिए। त्यसपछि ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो।

इरानको परिमाणु गतिविधिमाथि अंकुश लगाउने २०१५ को सम्झौताबाट गत वर्ष अमेरिका एकतर्फी रुपमा पछि हटेको थियो। त्यसपछि दुवै देशबीचको तनाव उत्कर्षमा पुग्दै आएको छ।

यद्यपी सोमबार ट्रम्पले इरानसँग नयाँ परमाणु सम्झौताको संभावनालाई लिएर आफू आशावादी रहेको बताएका छन्। जी–७ को संयुक्त पत्रकार सम्मेलनमा फ्रान्सका राष्ट्रपति इम्यानुएल मैक्रांसँग उपस्थित भएका ट्रम्पले भने–जब म अडाइ वर्ष पहिला राष्ट्रपति बनेको थिएँ, त्यो बेला जस्तो इरान थियो, अहिले त्यस्तो छैन।’

उनले अगाडि भने–म स्वीकार गर्छु भने वास्तवमा इरान एउटा महान राष्ट्र हुनु सक्छ… तर उसले परमाणु हतियार राख्न सक्दैन।’
यसअघि सोमबार इरानी राष्ट्रपति हसन रुहानीले यदि आफूलाई इरानलाई फाइदा पुग्छ भन्ने लाग्यो भने कसैसँग पनि भेट्न तयार रहेको बताएका थिए।

‘यदि कसैसँग भट्दा मेरो देशको विकासलाई सहयोग पुग्छ र जनताको समस्या समाधान हुन्छ भने यस्तो गर्न पछि हट्दिन,’ उनले भनेका थिए।

मैक्रां गरिरहेका छन् मध्यस्थता
ट्रम्पको यो टिप्पणी जी–७ देशको शिदर सम्मेलन समाप्तीको बेलामा आएको हो। यो बैठकमा क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत र अमेरिका सहभागी भएका थिए।

यो बैठकमा विश्व व्यापार, अमेजनको जंगलमा लागेको डढेलो, र युक्रेन, लीबिया, हङकङका घटनाक्रमलगायतका अन्य विषयमा पनि छलफल भएको थियो। इरानसँग परमाणु सम्झौताबाट अलग भएपछि अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्ध लगाएको थियो।

यो सम्झौतामा बेलायत, फ्रान्स, जर्मनी, रुस र चीन पनि सहभागी थिए। यी मुलुकले भने परमाणु सम्झौतालाई बचाउन निकै कोशिश गरेका थिए। गत आइतबार इरानका बिदेशमन्त्री मोहम्मद जव्वाद जरीफले फ्रान्सका राष्ट्रपति मैक्रां र विदेशमन्त्रीसँगको छलफल सकारात्मक भएको बताएका थिए।

यो सम्झौतालाई जोगाउनलाई मैक्रांले निकै सक्रिय भूमिका निर्वाह गरेका थिए। उनले ट्रम्प र रहानीबीच भेटवार्ताको संभावना बनेको बताएका छन्। उनले अहिलेनै सबै विषयम परिपक्व भइनसकेको तर केही प्राविधिक विषयमा भने छलफल सुरु भइसकेको जनाए।

नयाँ सम्झौता कस्तो हुन्छ?

२०१५ को सम्झौतामा इरानको परमाणु गतिविधि १० देखि १५ वर्षसम्म सुस्त गर्ने उल्लेख थियो, तर त्यसको बदलामा प्रतिबन्धलाई खुकुलो पार्ने उल्लेख थियो। यो सम्झौतामा युरेनियम संग्रहलाई सीमित गर्ने र अन्तर्राष्ट्रिय जाँच गर्न अनुमति दिने उल्लेख थियो।

त्यस बाहेक इरानले ह्यावी वाटर रिएक्टर बनाउनु पर्ने थियो, त्यसको उद्देश्य हतियार बनाउन लायक प्लूटोनियमको उत्पादन गर्न नपायोस्।
अमेरिकाले गत वर्ष मे महिनामा यो सम्झौताबाट अलग हुने घोषणा गरेको थियो र नयाँ सम्झौता र प्रतिबन्ध हटाउनका लागि १२ वटा शर्त राखेको थियो।

जसमा इरानको ब्यालिस्टिक मिसाइल कायक्रममाथि अंकुश लगाउने लगायतका थिए। जसलाई इरानले अस्वीकार गरेको थियो।
सोमबारको पत्रकार सम्मेलनमा ट्रम्पले नयाँ सम्झौताका लागि परमाणु हतियार र ब्यालिस्टिक मिसाइल हुनु नहुने र त्यो सम्झौता लामो समयका लागि हुनुपर्ने बताका थिए।

ट्रम्पको शर्तलाई इरानले स्वीकार गर्ने नगर्ने विषयमा केही प्रतिक्रिया दिएको छैन। इरान सरकारी प्रेस टिभीमा नाम उल्लेख नगरी स्रोतलाई उद्धृत गर्दै भनिएको छ–इरानले मिसाइल कार्यक्रम रोक्ने शर्तलाई अस्वीकार गरेको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *