संविधान दिवस भव्यताका साथ मनाउन संचारमन्त्रीको आग्रह

डिसी नेपाल
११ भदौ २०७६ १४:२६

काठमाडौं। संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस भव्यताका साथ मनाउनका लागि आ आफ्नो स्थानबाट योगदान दिन सबैलाई आग्रह गरेका छन्।

संविधान दिवस मूल समारोह समिति अन्र्तगतको प्रचार प्रशार उपसिमितिले बुधबार संचार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा उनले सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक विदा दिएको भन्दै सबैको अर्थपूर्ण सहभागीताको अपेक्षा आफूले गरेको बताए।

उनले संविधान दिवस अन्र्तगत गरिने कार्यक्रमहरुमा राष्ट्रसेवक कर्मचारी, सरकारी संघ संस्था, निजी क्षेत्रका संघ संस्था लगायत सबै बर्ग र क्षेत्रको अर्थपूर्ण सहभागीता हुनुपर्नेमा जोड दिए।

उनले संविधान दिवसलाई कर्मकाण्डी भन्दा भिन्न रुपमा सबै बर्ग विशेषको सहभागीता हुने गरी हर्षाेल्लासपूर्ण रुपमा मनाउनका लागि श्रृजनात्मक कार्यक्रमहरुको नमुना सुझाउन पनि सरोकारवालाहरुलाई आग्रह गरे।

संविधान दिवस मूल समारोह समिति अन्र्तगत संचारमन्त्री बाँस्कोटाको संयोजकत्वमा गठित प्रचार प्रसार उपसिमितिले बुधबार संचारक्षेत्रसंग सम्बन्धीत सबै सरोकारवालाहरुसँग छलफल गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *