भारत र पाकिस्तानबीच परमाणु युद्ध भयो भने कसको कति क्षति हुन्छ?

डिसी नेपाल
११ भदौ २०७६ २१:०७

नयाँ दिल्ली (एजेन्सी) । भारत र पाकिस्तानबीच पछिल्ला दिनहरुमा तनाव बढिरहेको छ। पाकिस्तानले लगातार परमाणु युद्धको खतरा बढेको बताइरहेको छ।

भारत र पाकिस्तान दुबै परमाणु हतियार भएका मुलुक हुन्। यदि यी दुई मुलुकबीच युद्ध भयो भने कसकेको कति क्षति चासेको विषय बनेको छ ।
भारतको तुलनामा पाकिस्तानसँग धेरै परमाणु हतियार रहेको विश्वास गरिन्छ। तर, कसले पहिला परमाणु हतियार प्रयोग गर्छ भन्ने कुराले क्षति निर्धारण गर्छ। भारतीय गृहमन्त्री राजनाथ सिंहले हालै परमाणु हतियार प्रयोग सम्बन्धि आफ्नो नीति परिवर्तन हुन सक्ने बताएका थिए। हालसम्म भारतले पहिला प्रयोग नगर्ने नीति अबलम्बन गरिरहेको छ। उता पाकिस्तानले भने यस्तो कुनै नीति बनाएको छैन ।

भारत र पाकिस्तानसँग रहेका सबै परमाणु हतियार जोड्ने हो भने पनि अमेरिका, रुस र चीनका तुलनामा निकै कम हुन्छन् । तरपनि परमाणु हतियारले गर्ने क्षतिका कारण एकै हतियार पनि निकै घातक हुने गर्छ ।

भारत पाकिस्तानसँग रहेको परमाणु हतियार १९४५ मा जाापनमा खसालिएका परमाणु बमभन्दा निकै शक्तिशाली र विध्वंशक छन् । दोस्रो विश्व युद्धपछि कुनै मुलुकले परमाणु बमको प्रयोग गरेका छैनन्। हाल संसारमा १५००० परमाणु हतियार रहेका छन्। यदि यी मध्ये सिमित परमाणु हतियारको प्रयोग हुने हो भने संसारमा निकै क्षति हुनेछ।

यदि भारत र पाकिस्तानबीच युद्ध भयो र परमाणु हतियारको प्रयोग भयो भने दुबै देशले परमाणु हतियारको त्रासदी झेल्नु पर्नेछ । यदि यदि दुई मुलुकले आफुसँग रहेका आधा मात्र परमाणु बमको प्रयोग गरे भने २.१० करोड मानिस मर्ने छन्।

भारतसँग तीनै मोर्चामा परमाणु आक्रमण गर्ने क्षमता छ। जमीन, आकाश र समुद्रमा भारत परमाणु हतियार प्रयोग गर्न सक्ने क्षमता राख्छ ।
भारतसँग परमाणु शक्ति सम्पन्न आईएनएस युद्ध पोत छ । यस्तै उसँग जमीनबाट मार गर्ने ब्यालिस्टिक मिसाइल अग्नी–३ को रेन्ज ३००० किलोमिटर छ।

पाकिस्तानसँग भारतभन्दा धेरै परमाणु हतियार छन्। तर, पाकिस्तानसँग तीनै मोर्चामा परमाणु हतियार प्रयोग गर्ने क्षमता छैन । पाकिस्तानसँग कुनै युद्ध पोत छैन । पाकिस्तानसँग पनडुब्बी पनि छैन । भारतसँग भने ब्रह्मोस क्रुज मिसाईल छ जो जमीन, पानी वा हावा जहाँबाट पनि मार हान्न सक्छ ।

स्टकहोम इन्टरनेशनल पीस रिसर्च इंस्टिट्टुयुटका अनुरा पाकिस्तानसँग १४० देखि १५० परमाणु हतियार छन् । भारतसँग १३० देखि १४० वटा सम्म परमाणु हतियार छन्।

भारतसँग ९ यस्ता अप्रेशनल मिसाइल छन् जमिा अग्नी–३ (३००० देखि ५००० किलोमिटर रेन्ज) बुलेटिन अफ एटोमिक साइन्टिस्टका अनुसार भारतसँग पृथ्वी र अग्नि सिरिजका ५३ वटा जमीनबाट जमीनमा मार हान्नसक्ने ब्यालिस्टिक मिसाइल छन्। जसमा भारतको ५३ प्रतिशत (१०६) युद्ध सामाग्री राखिएको छ। यस्तै सागरिक पनडुब्बी ब्यालिस्टिक मिसाइल्समा १२ परमाणु हतियार छन्।

पाकिस्तानका ईस्लामावाद, रावलपिण्डी, लाहोर, कराची र नौशेरामाका अर्मी हेडक्वाटरमा भारतले आक्रमण गर्न सक्ने क्षमता छ। तर केही विश्लेषकहरुले भने लाहोर र कराचीमा गरिने आक्रमणले भारत र अफगानिस्तानसम्म क्षति गर्न सक्ने बताउँछन्।

२५० रेन्ज क्षमताको पृथ्र्वी (छोटो दूरीका ब्यालिस्टिक मिसाइल) भारतका २४ परमाणु हतियार लैजनाका लागि बनाइएका छन्। यी मिसाइलको रेञ्जमा पाकिस्तानका प्रमुख शहरहरु लाहोर, सियालकोट, इस्लामावाद र रावलपिण्डी पर्छन्।

भारतसँग रहेका अग्नि सिरिजका मिसाइलको रेन्जमा लगभग सबै पाकिस्तानी शहर छन्। तर, यी हतियार चीनसँगको सम्भावित युद्धका लागि बनाइएका हुन्।

युद्धको अवस्थामा भारतका एअरक्राफ्टले कुल परमाणु युद्ध सामाग्रीको करिब ४५ प्रतिशत भाग ओगट्न सक्छन्। जुगर बम्बर १६ ले परमाणु बम वहन गर्न सक्छ । यस्तै मिराज २०००ले ३६ वटा परमाणु बम बोक्न सक्छ ।

इण्डिया स्पेन्डको अप्रिल २०१५ को प्रतिवेदनअनुसार पाकिस्तानका ६६ प्रतिशत परमाणु बम ब्यालिस्टिक मिसाइलमा तैनाथ गरिएको छ । बुलेटिन अफ एटोमिक साइन्टिस्टका अनुसार पाकिस्तानको हत्फ सिरिजका ब्यालिस्टिक मिसाइलले निकै क्षति गर्न सक्छ । एक भारतीय विशषेज्ञका अनुसार यदि पाकिस्तानले मिडियम रेञ्जको मिसाइल प्रयोग गरेमा भारतका ४ महानगर, नयाँ दिल्ली, मुम्बई, बेंगलुरु र चेन्नईलाई ध्वस्त बनाउन सक्छ । पाकिस्तानको मध्यम दूरीको मिसाइलले भारतीय सेनाको मेजर कमाण्डलाई पनि आफ्नो रेञ्जमा राखेको छ ।

एक प्रतिवेदनका अनुसार पाकिस्तानका आधा भन्दै धेरै परमाणु बम गौरी मिसाइलबाट खसाल्न सकिन्छ । यस मिसाइलको रेन्ज १३०० किलोमिटर छ । यसको रेन्जमा दिल्ली, जयपुर, अममदाबाद, मुम्बई, पुणे, नागपुर, भोपाल र लखनऊ आउँछन् ।

पाकिस्तानसँग ८ वारहेड यस्ता छन् जो शाहीन बाट खसाल्न सकिन्छ । यस मध्यम दुरीको ब्यालिस्टिक मिसाइलको रेन्ज २५०० किलोमिटर छ । र भारतका धेरैजसो शहर यसको रेञ्जमा पर्छन् ।

एक अनुमान अनुसार १६ वारहेड कम दुरीका ब्यालिस्टिक मिसाइल्स गजनवीबाट पनि खसाल्न सक्छ । यसको रेञ्ज ६७० किलोमिटर देखि ३५० सम्म छ । यसको रेन्जमा लुधियाना, अहमदाबाद, दिल्ली पर्छन् ।

पाकिस्तानसँग अनुमानित १६ परमाणु टिप्श शर्ट रेन्ज ब्यालिस्टिक मिसाइल्स पनि छन् । यसको रेञ्जमा लुधियाना, दिल्ली जयपुर र अहमदावाद पर्छन्।

पाकिस्तानसँग करिब ६६० किलोमिटर रेन्जका मिसाइल्स पनि छन्। यी ट्याक्टिकल न्यूक्लियर मिसाइल्स भारतीय सेनाको कमाण्डलाई टार्गेट गर्न सक्छन्। पाकिस्तानसँग ८३५० किलोमिटरको बाबर क्रुज मिसाइल्स पनि छ जसले परमाणु बम बोक्न सक्छ । पाकिस्तानले २८ प्रतिशत परमाणु बम (करिब ३६ वटा परमाणु बम) एअरक्राफ्टबाट खसाल्न सक्छ ।

अमेरिकामा बनेको एफ १६ लडाकु विमानले एकै पटक २४ परमाणु बम खसाल्न सक्छ । जबकी भारतसँग रहेको फ्रान्समा बनेको मिराज २००० ले एक पटकमा १६ बम खसाल्न सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *