कञ्चनपुरमा आगलागीमा परी एकजनाको मृत्यु, ४ जना घाइते

डिसी नेपाल
११ भदौ २०७६ २१:११

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–४, काफ्ले चोक नजिकैको एक घरमा आगलागी हुँदा घाइते भएकी महिलाको मृत्यु भएको छ ।
बुधबार बिहान साढे नौ बजेतिर भान्सामा आलु उसिन्ने क्रममा एल.पी. ग्यास लिक भई आगलागी हुँदा घाईते भएका चार जना मध्ये घरमुली शान्ता पौडेलको उपचारका क्रममा कैलालीको सेती अञ्चल अस्पतालमा मृत्यु भएको हो ।

आगो नियन्त्रणमा गर्ने क्रममा घरमुली नेत्र पौडेल, उनकी श्रीमती शान्ता पौडेल , छिमेकी धनबहादुर थापा र कटे थापा घाइते भएको प्रहरीले जनाएको छ। आगो दनदनी बल्दै जाँदा घरमुली पौडेल बाहिर ननिस्केपछि झ्याल फोडेर लिन जाँदा शरिर पूरै आगोले डढेको थियो । उनले भने त्यसपछि एम्बुलेन्स बोलाएर उनलाई पठाईसकेपछि दमकल र स्थानियहरुको सहायताले आगो केहि समयपछि नियन्त्रणमा आएपछी प्रहरी आएको भन्दै स्थानीयले आक्रोश समेत गरेको बताए ।

अन्य तीन जनाको कम्मर भन्दा तल जलेको भएपनि अवस्था सामान्य रहेको र दुईजनाको पुनर्वास पोलिक्लिनिक आई।बी।आर।डी।मा उपचार भईरहेको र नेत्र पौडेललाई भने सामान्य उपचार पछि डिस्चार्ज गरिएको प्रहरीले जानकारी दिए ।
केहि समयअघि पनि खुल्ला पेट्रोलबाट आगो लागेर पुनर्वासको डोकेबजार क्षेत्रमा आगलागी हँदा कयौ होटल र पसलहरु क्षति भएका थिए




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *