अष्टको निर्देशनमा पोखरामा धमाधम ‘गुञ्जन’
काठमाडौ । बिगत दुई दशकदेखि द्धन्द्ध निर्देशकका रुपमा सक्रिय अष्ट महर्जनले निर्देशकका रुपमा डेब्यु गरेका छन्। उनको डेब्यु फिल्म ‘गुञ्जन’ को मंगलबारदेखि पोखराका बिभिन्न स्थानमा सुटिङ भइरहेको छ।
बिसुद्ध प्रेमकथामा रहेको यही फिल्मबाट नवयुवा प्रितमराज सेन्चुरीले हिरोका रुपमा डेब्यु गरेका छन्। फिल्ममा प्रितमराजको जोडीका रुपमा अभिनेत्री सारा श्रीपाली छिन्।
बिन्दवासीनी मन्दिरमा शुभ मुर्हत गरी सुटिङ सुरु गरिएको फिल्ममा प्रितमराज र साराका साथमा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, अमोद, आइपी आचार्य, अमेश न्यौपानेलगायतका कलाकार छन् ।
हिराकृष्ण शाहीको प्रस्तुति र सुनीता शाही निर्माता रहेको फिल्मको छायाँकार राजेश श्रेष्ठ हुन् । ए. एच इन्टरटेन्मेन्टको ब्यानरमा रहेको फिल्मको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन् । अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको फिल्मका गीतको कोरियोग्राफी कविराज गहतराजले गर्ने छन् ।
झण्डै ९० प्रतिशत छायाँकन पोखरामा गरिने फिल्मको बाँकी सुटिङ काठमाडौमा गरिने जानकारी निर्देशक अष्टले दिएका छन् । हाल तीव्रताका साथ सुटिङ भइरहेको ‘गुञ्जन’ फागुन तेश्रो साता प्रदर्शन गर्ने योजना निर्माण पक्षको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment